बाढी र पहिराेमा परेर १११ ले ज्यान गुमाए, अझै ३७ जना वेपता

५ कार्तिक २०७८,काठमाडौं- केही दिन अघिको अविरल वर्षाका कारण आएको बेमौसमी बाढीपहिरो र डुबानमा आजसम्म १ सय ११ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाण्डाैंले दिएकाे जानकारी अनुसार ३७ जना अझै वेपत्ता रहेका छन् । देशभरमा सवै भन्दा धेरै  बाढीपहिरोमा परी प्रदेश १ मा ६५ जनाकाे मृत्यु भएकाे छ ।  प्रदेश एकमा पनि सवैभन्दा धेरै पाँचथर जिल्लामा पहिराे र बाढीमा परी २८ जनाकाे मृत्यु भएकाे छ । यसैगरी  बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक, एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ । वेपत्ताको खोजीकार्य जारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ । बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । यस्तै ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १ सय ८६ वटा पशु चौपाय मरेको जनाइएको छ ।

उक्त अवधिमा १ हजार १ सय ८८ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । मुलुकभर गरेर कुल ४२ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७०८ संक्रमित, ९३२ निकाेः ११ जनाकाे मृत्यु
Next post नेपालमा आज ५१३ संक्रमित, ८२७ निकाेः ८ जनाकाे मृत्यु