नेपालमा आज ५१३ संक्रमित, ८२७ निकाेः ८ जनाकाे मृत्यु

६ कार्तिक २०७८,काठमाडौं– २४ घण्टामा ५ सय १३ जना कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकेा जानकारी अनुसार ६ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गर्दा ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लाे २४ घण्टामा ८ सय २७ जना डिस्चार्ज भएका छन् । गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ४५ जना पुगेकाे छ । हाल नेपालमा १० हजार ५ सय ५९ सक्रीय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढी र पहिराेमा परेर १११ ले ज्यान गुमाए, अझै ३७ जना वेपता
Next post लामो लकडाउनले दुध उत्पादनमा गिरावट, झापाकाे बजारमा दुधको अभाव (भिडियाे सहित)