प्रदेश एक मै सवै भन्दा धेरै झापामा दुध उत्पादन हुने

६ कार्तिक २०७८/डिकेश लामा

लामो समय पछि खुलेका बजारमा पछिल्लो समय दुधको अभाव हुन थालेको छ । कोरोना कहरका कारण किसानले पशुपालनको संख्या घटाए पछि अहिले बजारमा दुधको अभाव हुन थालेको हो ।

प्रदेश नम्बर एकमै सवैभन्दा धेरै दुधको कारोवार गर्ने नेपाल बहुउदेश्य सहकारी संस्थाले संचालन गरेको डेरीमा यतिखेर दुधको अभाव हुन थालेको छ । दैनिक १५ देखि १६ हजार लिटर दुध खरिद गरेर बजारीकरण गरिरहेको डेरीले अहिले माग अनुसारको दुध पुर्याउन नसकेको संस्थाका अध्यक्ष रामचन्द्र उपे्रतीले बताउनु भयो ।

झापा जिल्ला दुधमा आत्मा निर्भर जिल्ला हो । तर लामो कोरोना कहरले मिल्क होली डे अर्थात दुध फाल्नु पर्ने अवस्था सृजना भए पछि धेरै किसानले पाल्दै गरेका गाई भैंसी विक्री गर्नु परेकाले अहिले पहिलेको जस्तो दुध उत्पादन हुन नसकेको किसानले बताएका छन् ।

पछिल्लो समय ग्रामिण क्षेत्रका मझौला प्रकृतिका डेरी उद्योगमा समेत दुधको अभाव हुन थालेको छ । किसानले पहिलेको जस्तो धेरै दुध ल्याउन नसकेकाले माग अनुसारको दुध पुर्याउन समस्या भएको दमक वडा नं. १० बाह्रघरे दुग्ध डेरीका संचालक केशव भण्डारीले बताउनु भयो ।

लामो समय कोरोना कहरले दुध उत्पादन र बजारिकरणको नियमित खरिदविक्री प्रकृयामा बाधा पुगेको छ । जसका कारण पशुपालनको संख्या घट्न गएकाले पछिल्लो समय बजारमा दुधको अभाव हुन थालेको दुग्ध व्यवसायीको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *