पाँचथरमा बस दुर्घटनामा परी ४ जनाकाे मृत्यु, ६२ जना घाइते


८ कार्तिक २०७८, पाँचथर- पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ । मृतककाे अाधिकारिक सनाखत भने भइनसकेकाे बताइएकाे छ । याेसँगै बसमा सवार अन्य ६२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । घाइतेका लागि हेलिकप्टरबाट धरान लाने कार्य समेत थालिएकाे छ । फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको छ ।
दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरजिल्ला अस्पतालसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चिया निर्यात दोब्बरले घट्योः मुल्य घटे पछि धेरै चिया गोदामै थन्कियो
Next post नेपालमा आज ७७६ संक्रमित, ५०१ निकाेः १३ जनाकाे मृत्यु