चिया निर्यात दोब्बरले घट्योः मुल्य घटे पछि धेरै चिया गोदामै थन्कियो

७ कार्तिक २०७८/डिकेश लामा
नेपालको पूर्वी नाकाको सवैभन्दा धेरै कृषि उत्पादन निर्यात हुने मेची भन्सारमा यस बर्ष चिया निर्यातमा गिरावट आएको छ । गत बर्ष दुई महिनामा भएको चिया निर्यात यो बर्ष आधा भन्दा धेरै घटेको भन्सार कार्यालयले जानकारी दिएको छ । नेपालको पूर्वी नाका मेची भन्सारबाट चिया निर्यातमा यो बर्ष उल्लेख्य गिरावट आएको छ । गत बर्ष साउन र भदौ महिनामा निर्यात भएको तुलनामा यो बर्ष आधा भन्दा धेरै घटेको मेची भन्सार कार्यालय झापाका प्रमुख ध्रुवराज विश्वकर्माले बताउनु भयो । विश्वकर्माका अनुसार यो आर्थिक बर्षमा गत बर्षको तुलनामा आधा भन्दा धेरै चिया निर्यात घटेको बताउनु भयो ।

निर्यात घटेसँगै यता नेपाली बजारमा चिया विक्रीमा समस्या आएको छ । जिल्लाका ४४ वटा चिया फ्याक्ट्री मध्ये धेरै जसोका आधा भन्दा धेरै चिया गोदाममै थन्किएको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाका निमित्त प्रमुख गौरब लुईंटेलले बताउनु भयो । सीटीसी चियाको भन्दा पछिल्लो समय भारत तर्फ अर्थोडक्स चियाको माग धेरै रहेको छ । गत बर्ष उच्च पुगेको चियाको मुल्यको गिरावटसँगै यस बर्ष निर्यात पनि घटेकोले चियाको बजारमा समस्या आएको व्यवसायीले बताएका छन् ।

नेपालमा ७ हजार ३ सय ४० हेक्टर क्षेत्रफलमा साढे १७ हजार मेट्रिक टन चिया उत्पादन हुने बोर्डले जानकारी दिएको छ । अघिल्लो बर्ष भारतमा नेपाली चिया माग बढेको अहिलेसम्म नेपाली चिया बजारमा चियाको मुल्य गत बर्ष उच्च पुगेको थियो । झण्डै ४ देखि ५ सय रुपयाँ प्रति केजी सीटीसी चियाको यो बर्ष आधा भन्दा धेरै मुल्य समेत घटेको चिया उद्यमीहरुले बताएका छन् । अघिल्लाे बर्ष उच्च मुल्य र धेरै चिया विक्री गरेका साना किसानहरू यस बर्ष समस्यामा परेकाे शुभ साना चिया किसान सहकारी संस्थाका अध्यक्ष सम्शेरबहादुर खड्काले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भाेलि अमेरिकाले दिने अनुदानकाे १ लाख खाेप अाइपुग्नेः हालसम्म ढेड कराेड मानिसले खाेप लगाए
Next post पाँचथरमा बस दुर्घटनामा परी ४ जनाकाे मृत्यु, ६२ जना घाइते