सर्वोच्च अदालत गुटबन्दीको अखडा बन्याेः ओली


८ कार्तिक २०७८/डिकेश लामा

बर्तमान सरकारका कारण सर्वोच्च अदालत गुटबन्दीको अखडा बन्दै गएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ । झापाको गौरादह नगरपालिका वडा नं. ५ मा आज भएको एकिकृत नमूना पाहुना घरको उद्घाटन कार्याक्रममा बोल्दै ओलीले वर्तमान सरकार विकासमा भन्दा भागबण्डा तिर लागेको बताउनु भएको छ । उहाँले बर्तमान सर्वोच्च अदालतमा भएको गुटबन्दीले जनताको अदालत माथिको विश्वास कम्जोर बन्दै गएको बताउनु भयो ।
कार्याक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा तय गरेका सडकको योजना समेत कटौती गरेकाले यो सरकार विकासमा नभई भागबन्डामा लागेको बताउनु भएको छ । उहाँले झापा देखि मोरङ्ग क्षेत्रको हुलाकी सडक एउटा पुलले र केही जंगल क्षेत्रको विवादले रोकिएको भए पनि चाँडै संचालन गर्ने योजनाको साथ काम भइरहेको बताउनु भयो ।

झापाको गौरादहमा सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको २ करोड १५ लाख सहयोगमा पाहुना घर र जेष्ठ नागरिक मिलन केन्द्रको आज पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको हो । यस्तै आज झापाको गौरीगंजमा समेत कार्याक्रम भएको छ । कार्याक्रम शुरु हुन पुर्व ओली सहितको टोलीले रतुवा पुलको अवस्थाबारे जानकारी लिएका छन् । जुन पुल बनेको १० बर्ष भईसक्दा समेत बर्षेनी बर्षामा भोग्नु पर्ने समस्या हटाउन पुल संचालनका लागि दिर्घकालीन योजना शुरु गरिएको हुलाकी सडक निर्देशनालय इटहरीका प्रमुख दिपेन्द्र पाण्डेयले बताउनु भयो ।

पुलसँग जोडिएको सडक बगाए पछि दैनिक सयौंको संख्यामा हिड्ने मानिसलाई समस्या हुने गर्छ । पुलबाट हिड्न नसक्ने भए पछि खोलाबाट जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । पुल संचालनको लागि झापाको गौरीगंज र मोरङ्गको रतुवामाई नगरपालिकाले बर्षेनी १० देखि २० लाखरुपयाँ खर्च गर्ने गरेका छन् । हिउँदमा बनाएको बाटो बर्षामा बगाए पछि सँधै हैरानी व्यवहोर्नु परेको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । पुलसँग जोडिएको बाटो बर्षेनी बगाउने समस्याले मोरङ्गको झुर्किया, सिजुवा, महादेवा र यता झापाको खजुरगछी, कोहवरा, कोरोबारी लगायतका बासिन्दामा सँधै समस्या पर्ने गर्छन् । यस बर्ष देखि संघीय सरकारले दिर्घकालिन तटबन्धन र रिटनिङ्ग वाल निर्माण गर्ने योजनाले सडकको सास्ती अन्त्य हुने स्थानीय आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७७६ संक्रमित, ५०१ निकाेः १३ जनाकाे मृत्यु
Next post पाँचथर बस दुर्घटना ४ जनाकाे पहिचान खुल्याेः गम्भीर १६ जना घाइतेलाइ सेनाकाे हेलिकप्टरबाट अस्पताल लगियाे (फाेटाे फिचर सहित)