पाँचथर बस दुर्घटना ४ जनाकाे पहिचान खुल्याेः गम्भीर १६ जना घाइतेलाइ सेनाकाे हेलिकप्टरबाट अस्पताल लगियाे (फाेटाे फिचर सहित)

८ कार्तिक २०७८, पाँचथर– पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४को सरखण्डेमा बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । आज बिहान ११ बजे फिदिम बजारबाट निबु खोलामा यात्रु लिन गएको को १ ख ३८६५ नम्बरको बस सोहि स्थानबाट फिर्ने क्रममा निबु खाेला नजिकै सडकबाट पचास मिटर तल खसेको हो । बसमा सवार चालक सहित ६५ जना मध्ये घटना स्थालमा २ को मृत्यु भएको थियो भने अन्य २ जना उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना परी युवती प्रमिला देवान र आशिका मगर तथा नाबालक निस्चल मगर र बालक प्रजल मगरको मृत्यु भएका छन् । गम्भीर घाइते मध्येका २९ जनालाई जिल्ला बाहिर थप उपचारका लागि लगि सकिएको छ ।

घाइतेहरु मध्ये एम्बुलेन्सबाट १३ जनालाई जिल्ला बाहिर लगी सकिएको छ । बर्षाले सडक अवरुद्ध हुदा गाउघरमा एम्बुलेन्स हुँदा एम्बुलेन्स अभावमा नेपाली शेनाको हेलिकप्टरबाट साँझ तिर १६ जना गम्भीर घाइतेहरुलाई विराटनगर लगिएकाे छ । अन्य घाइतेहरुको पाँचथर जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक डम्बर बिस्वकर्माले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सर्वोच्च अदालत गुटबन्दीको अखडा बन्याेः ओली
Next post नेपालमा आज ६६६ संक्रमित, ६२२ निकाेः ११ जनाकाे मृत्यु