झापामा पनि अर्थाेडक्स चिया उत्पादन हुँदैः तेस्रो मुलुकबाट समेत माग बढ्दो (भिडियाे सहित)


९ कार्तिक २०७८/डिकेश लामा
यस अघि इलाम क्षेत्रका चिया उद्यमीले मात्र अर्थोडक्स चिया उत्पादन गर्छन् भन्ने मान्यतालाई झापाका चिया उद्यमीले बदलेका छन् । पछिल्लो २ बर्ष यता झापामा ४ वटा उद्योगले धमाधम अर्थोडक्स विधीबाट व्लाक र ग्रीन टी उत्पादन थालेका छन् । केही चिया प्रशोधन कारखानाले उत्पादन गरेको अर्थोडक्स चिया तेस्रो मुलुकमा समेत पठाउन थालिएको छ ।
अर्थोडक्स विधि वा पराम्परागत तरिकाले चिया उत्पादन गर्ने कार्यलाई झापाका चिया व्यवसायीले समेत शुरु गर्न थालेका छन् । सीटीसी चियाले उचित बजार पाउन छाडे पछि अर्थोडक्स चिया उत्पादन गर्न थालेको चिया व्यवसायीले बताएका छन् ।
हरियो पती काटेर, पेलेर दाना बनाइको चिया सीटीसी चिया हो । यसलाई कट, टीयर, क्रल विधी भनिन्छ । तर चियाको हरियो पत्तीको गुण नविग्रने परम्परागत तरिकाले सुकाउने, रोलिङ गर्ने विधीबाट बनाइएको चिया अर्थोडक्स हो । हालै आएर नेपालकै सवै भन्दा धेरै चिया खेती हुने झापामा पनि अर्थोडक्स चिया उत्पादन थालेको यसका प्राविधिक सुजन लिम्बुले बताउनु भयो ।

सीटीसी चियाको अधिकाशं बजार भारत हो । तर भारतमै ठूलो क्षेत्रमा चिया उत्पादन हुने भएकाले नेपाली चियाको बजारमा धेरैजसो समस्या आउने गर्छ । जसका कारण विश्व बजारलाई लक्षित गरी अर्थोडक्स विधिबाट ग्रीन र व्लाक टी उत्पादन गर्न थालेको नेपाल बहुउदेश्य सहकारी संस्था एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनु भयो ।
धेरै उपभोक्तालाई इलाम वा उच्च भूभागमा मात्र अर्थोडक्स चिया उत्पादन हुने गर्छ भन्ने लागेको छ । तर पछिल्लो समय झापामा पनि अर्थोडक्स चिया उत्पादन थालिएको राष्ट्रिय चिया तथा कफि विकास वोर्डकी प्राविधिक कुसुम भण्डारीले बताउनु भयो ।
झापामा रहेका ठूला ४४ वटा चिया फ्याक्ट्री मध्ये हाल ४ वटाले अर्थोडक्स चिया उत्पादन गर्दै आएका छन् । दुई बर्ष देखि शुरु गरिएको अर्थोडक्स चिया पछिल्लो तथ्याङ्क अनुसार २ हजार २ सय ५२ मेट्रिक टन उत्पादन हुँदै आएको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाले जानकारी दिएको छ । झापामा अघिल्लो आर्थिक बर्षसम्मको तथ्याङक अनुसार ७ हजार ३ सय ४० हेक्टर क्षेत्रमा चिया उत्पादन हुँदै गएको छ । जुन नेपालकै सवै भन्दा धेरै हो ।

तर यो तथ्याङक ३ बर्ष यता झण्डै ४ हजार हेक्टर क्षेत्र कमि हो । झापा पछि नेपालमा सवै भन्दा चिया खेती इलाम जिल्लामा हुँदै आएको छ । हाल राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाको पछिल्लो तथ्याङ्क अनुसार इलाममा ७ हजार २ सय ३६ हेक्टरमा चिया खेती हुँदै आएको छ । नेपालमा २८ जिल्लामा कुल १६ हजार ९ सय १ हेक्टरमा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन हुँदै आएको बोर्डले जानकारी दिएको छ ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धामी भएकाे भन्दै इलाममा एक व्यक्तिले गरे श्रीमति र छाेरीकाे टाेकेर हत्या
Next post नेपालमा आज ६७२ संक्रमित, ४९० निकाेः ८ जनाकाे मृत्यु