
११ कार्तिक २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ११ हजार ३ सय ५५ जनामा गरिएको नमूना परीक्षणमा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा ६ सय ६४ जना डिस्चार्ज भएका छन् । याेसँगै नेपालमा हालसम्म निकाे हुनेकाे संख्या ७ लाख ८९ हजार ७ सय ८९ पुगेका छन् । याे संक्रमण मध्ये निकाे हुनेकाे संख्याकाे ९७ दशमलव ३ प्रतिशत हाे । यस्तै अाज थप २ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ मा झरेकाे छ ।
