मुख्य मन्त्री पाण्डेबाट सपथ ग्रहण

११ कार्तिक २०७८,काठमाडौं- वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको गर्नुभएको छ ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको छ ।

उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभयो ।

नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५९१ संक्रमित, ६६४ निकाेः २ जनाकाे मृत्यु
Next post आन्दोलित न्यायधिसका कारण २८,६२६ मुद्दाका चाङः आ– आफ्नै अडानले फैसलामा समस्या