आन्दोलित न्यायधिसका कारण २८,६२६ मुद्दाका चाङः आ– आफ्नै अडानले फैसलामा समस्या
११ कार्तिक २०७८, सारासन्देश समाचार– प्रधानन्यायाधीशले राजीनामा पनि नदिने अनि आफूहरू पनि मुद्दा नहेरी ‘आन्दोलित’ भइरहँदा सेवाग्राहीलाई सास्ती भएकाे छ । केही दिन यता अदालत स्वयम् मुद्दामा मुछिए पछि सेवाग्राहीमा समस्या अाएकाे छ । सर्वाेच्च अदालतमा दैनिक हुने मुद्दाका बहस र फैसला नै राेकिदाँ समस्या भएकाे सेवाग्राहीले बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकाे राजिनामा माग गर्दै अाएका न्यायधिसहरूकाे समूहले मुद्दा नर्हेदा मुद्दाकाे चाङ बढ्दै गएकाे छ । असन्तुष्ट न्यायाधीशहरू आइतवारदेखि इजलासमा बसेका छैनन्। बन्दी प्रत्यक्षिकरण रिट निवेदन पनि बिहीवारको पेशीमा परेका थिए।
प्रधानन्यायाधीश हुने रोलक्रममा रहेका अर्का एक न्यायाधीशले दिएको जानकारी अनुसार उनीहरूले सामूहिक रूपमा भेटेर राजीनामा दिन प्रधानन्यायाधीशलाई औपचारिक आग्रह गरिसके पनि इजलास बहिष्कार गर्ने निर्णय औपचारिक नभएको जानकारी दिएका छन् । सर्वोच्च अदालतका अनुसार त्यहाँ फैसलाको प्रतीक्षामा रहेका मुद्दाको सङ्ख्या २८ हजार ६२६ रहेकाे छ। एक दशकअघि नौ हजारको हाराहारीमा रहेको विचाराधीन मुद्दाको सङ्ख्या करिब पाँच वर्ष न्यायाधीशको सङ्ख्या निकै कममा खुम्चिएपछि २० हजार पुगेको थियो। मुद्दाको सङ्ख्या घटाउने दबावमा रहेको सर्वोच्चमा प्रधानन्यायाधीश राजीनामा नदिने अडानमै छन्। असुन्तुष्ट न्यायधिसकाे अडानले चुलिएकाे विवादले न्यायलयकै नैतिकतामा प्रश्न उठ्न सक्ने अवस्था अाउने सामाजिक अगुवाहरूकाे भनाइ छ ।