लडेको धान थन्काउन समस्याः झापामा ढेड अर्ब मुल्य बराबरको धान नष्ट (फाेटाे फिचर सहित)

१७ कार्तिक २०७८/डिकेश लामा

वेमौषमी वर्षाले बर्वाद पारेको धानवाली थन्काउन किसानलाई यतिखेर समस्या परेको छ । मेशीनबाट धान थन्काउने झापाका किसानहरु धान लडे पछि पराम्परागत तरिकाले धेरै जनशक्ति खर्च गरेर धान थन्काउँदा समस्या भएको किसानले बताएका छन् । एक विगाह जमिनमा मेशिनले धान काट्टा एक घण्टा समय पनि लाग्दैन । त्यहि धान मानिसले काट्दा ८ देखि १० जना खेतालाले ६ घण्टा खट्नु पर्छ ।
तर लडेको धान काट्न तेव्बर जनशक्ति खर्च हुने गरेको यस बर्ष धान लडेर समस्यामा परेका किसानले बताएका छन् । लडेको धान काट्न हातले काट्दा तेव्बर जनशक्ति लाग्ने गरेको छ । फुल लाग्दा नै लडेको ढेढ विगाह क्षेत्रको धान पराल उठाए जस्तै मात्र बनेको दमक वडा नं. ३ का किसान खगेन्द्र भट्टराईले बताउनु भयो ।

धान नपाकी नै लडेको क्षेत्रमा उत्पादनमा समेत भएको छैन । पाके पछि लडेको धान बोटमै उम्रन थाले पछि थप समस्या हुने भएकोले पछिल्लो समय धान थन्काउने चटारो परेको किसानले बताएका छन् । अघिल्लो बर्ष जिल्लामा एक साथ ठूला धान काट्ने हारभेष्टर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपरजोनले ५० प्रतिशत अनुदानमा वितरण गर्यो । जसले गर्दा जिल्लामा धेरै जसो मेशिनबाटै धान काट्ने र थन्काउने कार्य थालिएको थियो । तर यस बर्ष धान लडेका धेरै भागमा मेशिनबाट काटन नसक्ने अवस्थामा भएको गौरादह नगरपालिकाकी कृषि प्राविधिक घनमाया भण्डारीले बताउनु भयो ।

झापा जिल्लामा यस बर्ष ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको छ । जस मध्ये १८ प्रतिशत झण्डै ढेड अर्व मुल्य बराबरको धान उत्पादनमा ह्रास भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले जानकारी दिनु भयो । यस बर्ष विउ उत्पादनमा खेती गर्ने किसानले समेत धेरै विउ उत्पादन गर्न नसकेको किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शिवसताक्षीमा फाक्तेप गोल्ड कप २०७८ हुने
Next post लक्ष्मी जयन्तीकाे अवसरमा दमक प्रज्ञा पुरस्कार घोषणा (फाेटाे फिचर सहित)