शिवसताक्षीमा फाक्तेप गोल्ड कप २०७८ हुने

१७ कार्तिक २०७८ /डिकेश लामा
झापा जिल्लामा ग्रामिण फुटवल क्षेत्रमा लामो इतिहास वोकेको फाक्तेप फुटवल क्लवले क्वल स्तरीय फुटवल खेल प्रतियोगिता गर्ने भएको छ । आगामी मंसीर ११ देखि १८ गतेसम्म हुने खेलमा नेपालका ५ वटा जिल्लाका ८ वटा खेल क्लवहरुले सहभागिता जनाउने क्वलका अध्यक्ष बमप्रसाद चेम्जोङ्गले बताउनु भयो ।

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ मा रहेको पुरानो फाक्तेप खेल मैदानमा हुने खेल प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार नगद सहित ट्रफी हात पार्ने छन् । नेपालमा खेलका लागि जर्सी निर्माणमा काम गर्दै आएको एनी ब्राण्डका स्थानीय युवा सन्तोष थोप्रा लिम्बुले ३ लाख रुपयाँ सहयाग गरी खेलको मुख्य प्रायोजन गर्नु भएको छ । यसैगरी दोस्रो पुरस्कारको प्रायोजन स्थानीय समाजसेवी कमल सापकोटाले गर्नु भएको छ ।
ग्रामीण क्षेत्रको खेल विकासका लागि पहिलो पटक गर्न लागिएको फाक्तेव गोल्ड कप २०७८ संचालनमा १८ लाख २० हजार बरावरको खर्च हुने क्वलका आर्थिक संयोजक दिपक शेर्माले आज गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । कार्याक्रममा प्रायोजन जर्सी समेत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४४७ संक्रमित, ४३९ निकाेः ७ जनाकाे मृत्यु
Next post लडेको धान थन्काउन समस्याः झापामा ढेड अर्ब मुल्य बराबरको धान नष्ट (फाेटाे फिचर सहित)