लक्ष्मी पूजाका दिन खेलिने साँस्कृतिक हुक्काहुक्की खेल संरक्षणमा चासो (भिडियो सहित)

के हो हुक्काहुक्की साँस्कृतिक खेल ?

१८ कार्तिक २०७८/डिकेश लामा

खासगरी तराईका कोच समूदायमा तिहार पर्वमा सन्ठीको आगो बालेर पूर्खा प्रति श्रद्धाभाव प्रकट गर्न खेलिने हुक्काहुक्की खेल यस बर्ष वेलै देखि थालिएको छ । गत बर्ष कोरोना कहरका कारण रोकिएको साँस्कृतिक खेल यस बर्ष सामुहिकरुपमा मनाउन थालिएको हो । पूर्वी तराईका आदिबासी समूदायमा तिहारमा खेलिने साँस्कृतिक खेल हुक्काहुक्की लोप बन्दै गएको छ । पाटाको सन्ठी बालेर आकाश तिर आगो फाल्दै पितृको नाममा पूजापाठ गरेर खेलिने खेल सन्ठीको अभावमा पनि लोप बन्दै गएको गौरादह नगर पालिका वडा नं. ७ राजबंशी समाजकी अध्यक्ष अमला राजवंशीले बताउनु भयो ।

पाटा खेती लोप बन्दै जाँदा अहिले सन्ठीको अभाव हुन थालेको छ । जसका कारण पराम्परागत तरिकाले खेलिने आदिवासीको महत्वपूर्ण साँस्कृतिक खेल तथा पर्वमा राज्यको उचित सहयोग हुन नसकेको नेपाल आदिवासी जनजाति महासंघका महासचीव नित्यनन्द ताजपुरियाले बताउनु भयो । झापा जिल्लामा गत बर्ष कोरोना कहरका कारण चाडबाडमा खेलिने खेल तथा सँस्कृतिहरुलाई पूर्ण रुपमा निषेध गरिएको थियो । तर यो बर्ष कोरोना संक्रमण दर केही कमी भएकाले वेलै देखि साँस्कृतिक पर्वहरु दोस्रो पुस्तालाई सिकाउनका लागि सामुहिकरुपमा मनाउन थालिएको गौरीशंकर राजबंशीले बताउनु भयो ।


खासगरी पूर्वी तराईका झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्ने कोच, राजबंशी, ताजपुरिया, ऋषिदेव, माझी आदि जातिले हुक्काहुक्की मनाउने गर्दछन् । खेतबाट इलुवा भन्ने घाँस ल्याएर सन्ठी बाँधेर आगो बालेर खेलिने यो साँस्कृतिक खेल विस्तारै लोप बन्दै गएकाले राज्यले यसको संरक्षणमा चासो दिनु पर्ने आदिबासी समूदायका अगुवाहरुको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लक्ष्मी जयन्तीकाे अवसरमा दमक प्रज्ञा पुरस्कार घोषणा (फाेटाे फिचर सहित)
Next post नेपालमा आज ३५६ संक्रमित, ५१८ निकाेः २ जनाकाे मृत्यु