
पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासकाे मूल्यवृद्धि
२५ कार्तिक २०७८,काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । गएरातिदेखि लागू हुनेगरी एलपिजी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरी १५ सय ७५ रुपैयाँ पुर्याइएको छ । त्यसैगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बढाइएको छ । हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । खरिद मूल्य नै महँगो परेको र नेपालको सीमा जोडिएको रक्सौल बजारभन्दा नेपालमा पेट्रोल ३७ रुपैयाँ ५३ पैसा र डिजेल ३० रुपैयाँ ६५ पैसा सस्तो रहेको तथा ग्यास प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराइले बताउनुभयो । यस अघ चाडबाडकाे समयमा मुल्य बृदि गरेकाे भन्दै विधार्थी संगठनले विराेध गरेका थिए ।
More Stories
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...