बृहतरुपमा प्राङगरिक मल उत्पादनः मलले रोजगारसँगै आम्दानी समेत हुँदै (फाेटाे फिचर सहित)

२८ कार्तिक २०७८/डिकेश लामा

व्यवसायिकरुपमा प्राङगरिक मल उत्पादनले किसानलाई रोजगारसँगै आम्दानी समेत हुन थालेको छ । रासायनिक मल र विषादीको प्रयोगलाई हटाउन लागि परेको झापाका कमल गाउँपालिकाको किसानले प्राङगरिक मलको उत्पादन र विक्रीबाट आम्दानी समेत गर्न थालेका छन् । ४ बर्ष देखि रासायनिक मलको प्रयोग हटाउन लागि परेका कमलका किसानले धेरै हदसम्म सफलता प्राप्त गरेका छन् । किसानले रासायनिक मलको सट्टा प्राङ्गरिक मल प्रयोग गर्न थाले पछि बर्षेनी मलको माग बढेकाले उत्पादन समेत बृद्धि गर्न थालिएको आइपीएम कृषि सहकारी संस्थाका अध्यक्ष यामबहादुर राईले बताउनु भयो । एक पटकमा ५ देखि ७ सय बोरा मल उत्पादन हुने गर्छ । बर्षमा ३ पटकसम्म उत्पादन गर्ने गरिएको छ ।

मल उत्पादन गर्न गोवर, गहुँत, जंगलको माटो, हड्डीको धुलो, पीना, ब्राण्ड लगायतका सामानहरुको प्रयोग गरिन्छ । २५ केजीको १ बोराको मल ४ सयमा विक्री हुँदै आएको छ । सहकारी संस्थाका सदस्यले ५० प्रतिशत अनुदानमा मल प्राप्त गर्ने गरेका छन् । आधा मुल्यमै मल प्राप्त गर्ने भए पछि किसानले समेत तरकारीबालीमा प्रगोग गर्न अधिक लाने र रासायनिक मलको प्रयोग हटाउँदै लगेको सहकारीकी सदस्य सोमादेवी कटेलले बताउनु भयो ।
प्राङगरिक मलको प्रयोगले मानव स्वास्थ्यमा फाइदासँगै सागसव्जी र अन्य उत्पादित कृषि उत्पादन खाँदा स्वादिलो हुने गरेको संस्थाकी कर्मचारी जानुका मगरले बताउनु भयाे।

प्रदेश तथा स्नाथीय सरकारले अनुदान दिएर शुरु गरिएको प्राङगरिक मल उत्पादन हाल आएर व्यवसायिक रुपमा थालिएको छ । मल उत्पादनले स्थानीय स्तरमा रोजगारीसँगै किसानहरुलाई आम्दानी समेत हुने गरेको संस्थाका व्यवस्थापक राम मुर्मुले बताउनु भयो । मल बनाउँदाको समय १५ देखि २५ जनासम्मले रोजगार पाउने गरेका छन् । मल विक्रीबाट मात्रै संस्थाले समेत बर्षमा ढेड लाख रुपयाँसम्म आम्दानी गर्ने गरेको मुर्मुले बताउनु भयो ।

स्थानीय स्तरमै किसानले व्यवसायिकरुपमा मल उत्पादन गर्न थाले पछि रासायनिक मलको अभावलाई समेत परिपूर्ती गरेको छ । केही बर्ष यता धेरै किसानले रासायनिक मलको प्रयोगलाई पुर्णरुपमा हटाउन थालेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३०६ संक्रमित, ३४८ निकाेः ६ जनाकाे मृत्यु
Next post हराईएको मानिसको लाश चर्पीको खाल्डोमा भेटियोः हत्याकाे आराेपमा ५ पक्राउ