हराईएको मानिसको लाश चर्पीको खाल्डोमा भेटियोः हत्याकाे आराेपमा ५ पक्राउ


२९ कार्तिक २०७८/ सारासन्देश समाचार

झापाको गौरादह वडा नं. ५ मा २ साता अघि हराएका एक जना पुरुषको लाश सेफ्टी ट्याङ्की भित्र हत्या गरिएको अवस्थामा फेला परेको छ । कार्तिक ११ गते देखि हराएको भनिएको ४६ बर्षीय मबेसिर हुसेन मियाँको लाश सोही वडाको महम्मद सदामको घरको दक्षिण पटिको ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र ३ दिन अघि हत्या गरेर कम्बलमा पोको पारेर फालेको अवस्था फेला परेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताउनु भयो । उपरिक्षक भट्टराईका अनुसार मृतकको श्रीमति नुरजन खातुनले दिएको उजुरीको आधारमा खोजतलास गर्नेक्रममा इलाका प्रहरी कार्यालाय दमकमा प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीको कमाण्डमा खटिएको टोली घरमा छानविन गर्नेक्रममा लाश फेला परेको बताइएको छ ।

सदामको घर भित्र अनुसन्धान गर्नेक्रममा घरको दक्षिण पटिको कोठामा गेरु रंगले चारै तिर पोतिएको र काठको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिएकाे आधारमा कोठाको दक्षिण पटि रहेको टवाइलेटको सेफ्टी ट्याङ्कीमा गोवरले लिपपोत गरेको र सो माथि ताजा गोवरको गुइठा बनाइ सेफ्टी टयाङकी माथि चाङ्ग बनाएर राखेकाले सो स्थानलाई शंका गरी हेर्दा सडिन लागेको अवस्थामा कम्बलमा पोका पारेर लाश फालेको फेला परेको बताइएको छ ।
परिवार भित्र श्रीमतिसँगको सम्बन्धका कारण पारीवारिक रिसइवीले घटना भएको हुन सक्ने आशंका रहेकाले थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको आशंकामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं. ५ बस्ने महम्मद सदाम, निजको श्रीमति सुमेरन खातुन, अर्का २६ बर्षीय महम्मद सुलेमान, निजकी श्रीमति रुक्सार खातुन र सोही वडाकी ३८ बर्षीय कुर्सुमान खातुन रहेका छन् । घटनामा प्रयोग भएका धारिलो हतियार दाउ, छुरी र घन समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बृहतरुपमा प्राङगरिक मल उत्पादनः मलले रोजगारसँगै आम्दानी समेत हुँदै (फाेटाे फिचर सहित)
Next post नेपालमा आज ४१६ संक्रमित, २७० निकाेः १ जनाकाे मृत्यु