अनाथ बालबालिकालाई अमेरिका पुगेका भूटानीबाट सहयोगः १४ जनाकाे एक्लाे बुबाले रेखदेख गर्दै

३ मंसीर २०७८/पर्वत तामाङ
कतिपय भ्रुणसँगै फालिका बालबच्चालाई लिएर पालन पोषण गर्दै आएको कविर अनाथ बालआश्रमलाई नेपाली भाषी भूटानीले सहयोग गरेका छन् । झापाको वेलडाँगी शरणार्थी शिविरमा लामो समय दुःखकष्ट भोगेर अमेरिका पुग्नु भएका परिवारले आफ्ना बालबालिकाको नामबाट सहयोग गरेका छन् ।
परिवारले आश्रममा रहेका १४ जना अनाथ बाल आश्रमका लागि २५ केजी दरका ७ बोरा चामाल, दाल, तेल, फलफुल, साबुन, जुस लगायतका सामाग्री हस्तान्तरण गरिएको दमकबाट सहयोग हस्तान्तरण गर्न पुग्नु भएका रोशन भट्टराईले बताउनु भयो ।
जनकपुरधाम वडा नं. ८ मा रहेको आश्रमलाई अमेरिका पुग्नु भएका सिद्धबहादुर विष्टको अगुवाईमा पुष्प र जानुकाले छोरा प्रज्वल खतिवडा, अनिल र गंगा शाहले छोरा प्रिसविक्रम शाह तथा चन्द्र र सीता विष्टले छोरा समिप विष्टको नाममा सहयोग गरेका हुन् ।

शरणार्थी शिविरमा रहँदा भोगेको दुःखलाई सम्झेर शिविरमा यस अघि पनि पटक पटक सहयोग गर्दै आउनु भएका सिद्धबहादुर विष्टले अमेरिकाबाट नै सहयोगका लागि व्यवस्था मिलाएर आफन्तलाई पठाई सहयोग गरिएको हो । सहयोग गर्न विष्ट परिवारका आफन्त रोशन भट्टराई, टिका अधिकारी, संचारकर्मी डिकेश लामा, पर्वत तामाङ, मनकुमार मगर सहितको टोली पुगेर सहयोग गरेका छन् ।

अंग्रेजी विषयमा स्नात्तोकतर गरेर कलेज अध्यापन गर्दै आउनु भएका आलोकले अनाथ बालबच्चाका लागि नै प्राध्यापन पेशा समेत छाड्नु भयो । अविवाहित कविर गुरु आलोकले हालसम्म १४ जना बालबालिकाको बुवा आफ्नै नाम राखेर पालन पोषण गर्दै आउनु भएको छ ।

अघि यसै परिवारका आफन्त सिदबहादुर विष्टले पथरी र वेलडाँगी गरी एक सय घर परिवारलाई दशैंमा चामाल वितरण गर्नु भएको थियो । असाहय शरणार्थी परिवारलाई तिवारी र विष्ट परिवारले गरेको सहयोग उदाहरणीय र प्रशंसनीय भएको सामाजिक अगुवाहरुले बताएका छन् । भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २९६ संक्रमित, ३९६ निकाेः ५ जनाकाे मृत्यु
Next post नेपालमा आज २४२ संक्रमित, ४४४ निकाेः १ जनाकाे मृत्यु