४ मंसीर २०७८/डिकेश लामा

अभिभाकत्वको अभावमा जोखिममा परेका बालबालिकालाई सुधार गर्न थालिएको गुरु चेला कार्याक्रम प्रभावकारी बन्दै गएको छ । पारिवारिक विखण्डन र अन्य कारणले अभिभाकत्वको अभावमा कुलतमा समेत लाग्न पुगेका शरणार्थी र सो आसपास समूदायका ३० जना बालबालिकालाई सुधार्न ६ जना गुरुहरु परिचालन गरिएको छ । अभिभावक नभएका र भएर पनि रेखदेख गर्न नसकेका बालबालिकालाई सही मार्गमा हिडाउन ५ जनाका बालबालिका लागि १ जना गुरु परिचालन गरिएको छ । कार्याक्रमले जोखिममा रहेका र कुलत तर्फ लाग्न थालेका बालबालिकामा धेरै सुधार आएको बालबालिकाको रेखदेखमा खटिदैं आउनु भएका गुरुमाहरुले बताउनु भएको छ ।

कतिपय जोखिममा रहेका बालबालिकाहरु कुलतमा समेत लाग्न थालेका छन् । बालबालिकामा सुधार ल्याउन शरणार्थी शिविरबाट अमेरिका पूनर्वास भएका यूवाहरुको आर्थिक सहयोगमा फेन्स क्लव भूटानको आयोजनामा पहिलो चरणमा परिक्षणको रुपमा ३० जना बालबालिकाबीच कार्याक्रम थालिएको क्लवका अध्यक्ष युवराज साङपाङ्ग राईले बताउनु भयो । राईका अनुसार मन पौडेल, लोचन खतिवडा, चन्द्र उप्रेती र भूवन आचार्यले आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

अभिभाकत्वको अभावमा विधालय छाडेर कतिपय सडकमा पुगिसकेका समेतलाई समेटेर कार्यक्रम थालिएको हो । उनीहरुलाई कसरी सकरात्मक दैनिकीमा ल्याउने भनी खेल खेलाउने, निगरानी गर्ने र पढाइमा सहयोग गर्न थाले पछि धेरै सुधार आएको भूटानी शरणार्थी शिविर बाल मञ्चका पूर्व अध्यक्ष रामचन्द्र चापागाँईले बताउनु भयो ।

शरणार्थीलाई रेखदेख गर्ने निकायले छाड्दै गए पछि शरणार्थी शिविरमा धेरै बालबालिका अभिभावकविहिन बन्दै गएका छन् । पढाईबाट समेत बन्चित हुने अवस्थामा पुगेका बालबालिकालाई लक्षित गरी थालिएको गुरुचेला कार्याक्रम प्रभावकारी बन्दै गएको सहभागीहरुले बताएका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *