चुलाचुली देखि ढुङ्गे सडक निर्माणमा ढिलाइः सडक नबन्दा सास्ती (भिडियाे सहित)

सडक निर्माणमा ढिला सुस्तीले सास्ती

६ मंसीर २०७८/डिकेश लामा

झापाको दमकमा पहिलो पटक बन्दै गरेको अपाङ्गमैत्री सडकको निर्माणमा ढिलाई भएको छ । सघन शहरी विकास कार्याक्रम अन्तर्गत कन्ट्याक प्रालिले २६ करोडको बजेटमा चुलाचुली देखि ढुङ्गे सडक र चिया दोकान देखि दमक १० जाने सडक निर्माणमा ढिलाई हुँदा सास्ती भएको स्थानीयले गुनासो पोखेका छन् ।

झापाको दमक नगरपालिका वडा नं. ३ को चुलाचुली ढुङ्गे सडक नगरमै लामो नमूना अपाङ्गमैत्री सडकको रुपमा गत बर्ष देखि निर्माण कार्य थालिएको हो । तर हालसम्म सडकको डे«न समेत निर्माण नसकिएकाले सडक निर्माणमा ढिलाई भएको स्थानीयले बताएका छन् ।

पिछाडिएको क्षेत्रमा बर्षौैं पछि सडकको योजना परेको हो । सडक समयमा नबन्दा आवातजावातमा समेत लामो समय देखि सास्ती भोग्नु परेको छ । सडक निर्माणको काममा समेत गुणस्तरहीन र ढिलाई भएको सो वडाका अध्यक्ष नविन बरालले बताउनु भयो ।
३० महिनामा सक्नु पर्ने सडकको काम आधा समय वित्तिसक्दा समेत ड्रेनको काम पनि सकिएको छैन । चाडबाढ यता सडक निर्माणको काम पूर्णरुपमा बन्द भएको छ । १७ मिटर चौडाइको सडकमा साइकल लेन, पदमार्ग समेत बन्ने छ । सडक समयमै सक्न निर्माण कम्पनिलाई निर्देशन दिइएको सघन शहरी विकास कार्याक्रम झापाका प्रमुख राजेन्द्र खतिवडाले बताउनु भयो ।

इलामको चुरे क्षेत्रसँग जोडिने दमकको विकट क्षेत्रमा बर्षौं पछि सडक निर्माणको काम शुरु हुँदा स्थानीय खुशी बनेका छन् । तर ठेकेदार कम्पनिले निर्माणमा खासै चासो नदिएकाले चाँडो र गुणस्तरीय कार्य गर्न स्थानीयले सरोकारवालासँग माग गरेका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २४ घण्टामा ३८५ संक्रमित, २५८ निकाेः ४ जनाकाे मृत्यु
Next post २४ घण्टामा ३३२ संक्रमित, २३२ निकाेः ४ जनाकाे मृत्यु