दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी: संक्रमण तीब्र

१० मंसीर २०७८, एजेन्सी – दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।

“दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,” भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा बताउनुभयो ।

बी.१.१.५२९ वंश संख्या मानेको यसद्य भेरिएन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उहाँले बताउनुभयो । दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता गम्भीर चिन्ताको’ विषय भएको छ । दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ ।

गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको बीटा’ भेरिएन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो । डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।

अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ ।

समाचार स्रोत: नेपाल टेलिभिजन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ६० लाख रुपयाँ भन्दा धेरै खर्चमा बेलडाँगीमा भोलि भव्य कार्याक्रम हुँदै (इन्ट्रा अध्यक्ष डिल्ली अधिकारीसँगको कुराकानी सहित )
Next post कलाकारलाई माया गर्नु पर्छः मुख्यमन्त्री राई, वेलडाँगीमा भव्य कार्याक्रम सम्पन्न (फाेटाे फिचर सहित)