खेल र समाजका लागि सहयोग गर्नेलाई भूटानी कराते खेलाडीबाट सामुहिक सम्मान (फाेटाे फिचर सहित)

शरणार्थी शिविरमा शुरु भएको करातेले अमेरिकामा चर्चा बटुल्दै


१२ मंंसीर २०७८/पर्वत तामाङ
झापाको भूटानी शरणार्थी शिविरमा कराते खेलको विकास गराउन अगुवा भूमिका निर्वाह गर्ने कराते खेलका प्रशिक्षक तथा खेल विकासमा खट्ने अमेरिकी भूटानीहरुलाई शरणार्थी शिविरमा स्वागत गरिएको छ । ३ दशक लामो समय शरणार्थी शिविरमा कराते खेलको विकासमा ठूलो टेवा दिन सफल टिआर याम्फु राईले पछिल्लो समय अमेरिकामा रहेर शरणार्थी शिविरमा रहेका खेलाडीको विकासमा समेत सहयोग गरेको प्रति खेलाडीले धन्यवाद दिँदै सम्मान गरिएको छ ।
भूटानी शरणार्थी शिविरमा कराते खेलको विकासमा अगुवा भूमिका निर्वाह गर्ने याम्फु राईले नेपालमा सिकेको करातेले अमेरिकामा पहिचान पाउन सकेको बताउनु भएको छ । भूटानी शरणार्थी शिविरमा प्रशिक्षकको रुपमा लामो समय काम गर्नु भएका राईले अमेरिकामा समेत अहिले धेरै वटा स्टेटमा खेल शाखा खोल्न सफल हुनु भएको छ ।

१२ वटा नेपाली भाषीको डोजो समूह निर्माण गरिसक्नु भएको छ । राईले शरणार्थी शिविरमा रहँदा कराते सिकाएका र सहयोग गर्ने खेलाडी तथा प्रशिक्षक सन्चमान राई, अशोक गुरुङ्ग, फूर्वा सिंह तामाङ, शंकर राई, विदुर राई, तिलाचन धिमाल, रेन्जियो राई, किशोर तामाङ, यदु कुईकेल लगायतले अमेरिकामा भूटान कराते डोजो विस्तार गर्न सफल भएको बताउनु भयो ।

अमेरिकामा कराते विकास गर्ने टिमले नेपालको खेल विकासमा समेत सहयोग गरेको भन्दै आज भूटानी शरणार्थी शिविरमा धन्यवाद र सम्मान प्रदान गर्ने कार्याक्रम गरिएको भूटान कराते एशोशियसनका अध्यक्ष एनबी गुरुङ्गले बताउनु भयो ।
कार्याक्रममा नेपाल करातेका संस्थापक अध्यक्ष थानेश्वर राई, नेपाल कराते फेडरेनका वरिष्ठ कोच मदन उप्रेती लगायतले भूटानी शरणार्थी शिविरबाट अमेरिका पुगेर पनि नेपाली भाषीहरुको समाज र खेल विकासमा गरेको कार्यको उच्च सम्मान गरेको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका भूटान कराते अगुवा प्रशिक्षक याम्फु राई सहित अमेरिकाबाट मेघ सुवेदी, रुद्र बानिया, मनोरथ पोेखरेल,मनोरथ पोखरेल, मन सुवेदी, लोचन खतिवडा, पन्चन तामाङ लगायतलाई भूटानी शरणार्थी शिविरमा रहेका खेलाडीले सामुहिक सम्मान गरेका छन् । कार्याक्रममा कराते खेल प्रर्दशनी समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाली काँग्रेश झापा जिल्ला सभापतिमा थेवे विजयी
Next post माइभ्यालीलाई हराउँदै धरानसिटी विजयी