माइभ्यालीलाई हराउँदै धरानसिटी विजयी

१३ मंंसीर २०७८/सारासन्देश समाचार
झापा जिल्लाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्ड कप २०७८ को आज भएको खेलमा माइभ्याली इलामलाई हराउँदै धरान सिटी फुटवल क्वल सुनसरी विजयी बनेको छ । निर्धारित ९० मिनेटको खेलमा २/२ गोल भएर बराबरी बनेको खेल ट्राइवेकरमा पुगेको थियो । खेल अवधीमा पहिलो गोल ५६ औं मिनेटमा माइभ्यालीका विक्रम राईले गरेका थिए । यस्तै सोही टीमका छिरिङ्ग शेर्पाले दोस्रो गोल थपेका थिए । प्रतिस्पर्धात्मक रुपमा चलेको खेलमा जवाफी गोलमा लगातार ८२ र ८४ मिनेटमा विनोद राई र विवेक राईले एक एक गोल लगाएर खेल बराबरी सकिएको थियो । खेल बराबरी सकिए पछि ट्राइवेकरमा २ को विरुद्ध ४ गोल गर्दै धरान सिटीले विजय हात पारेको हो ।

खेलमा धरानका विनोद राई म्यान अफ द म्याच घोषित भएका छन् । भोली आयोजक फाक्तेप फुटवल क्वल र सुर्केनी फुटवल क्वल काँकडभिट्टाबीच खेल हुने आयोजक समिति खेल संयोजक सन्तोष थेगिमले जानकारी दिनु भयो ।
ग्रामिण खेल क्षेत्रको विकास गर्ने उदेश्यले खेलाइएको खेलमा विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार नगद सहित ट्रफी हात पार्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खेल र समाजका लागि सहयोग गर्नेलाई भूटानी कराते खेलाडीबाट सामुहिक सम्मान (फाेटाे फिचर सहित)
Next post नेपालमा आज २५९ संक्रमित, २६४ निकाेः १ जनाकाे मृत्यु