पथरी फुटवल क्लवलाई हराउँदै धरानसीटी फाइनलमा
१५ मंसीर २०७८/बालदिवश तामाङ
झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको पहिलो सेमी फाइनलको खेलमा धरानसीटी फुटलव क्लव विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । पथरी फुटवल क्लवलाई १ गोलको विरुद्ध २ गोल गर्दै धरानसीटीले विजय हात पारेको हो ।
खेलमा पहिलो पटक पराजित टीम पथरीका युकेश तामाङले २४ औं मिनेट गोल गर्दै खाता खोलेका थिए । तर पथरीको गोलको जवाफी गोल खेलको ३२ औं मिनेटमा विजयी टीम धरानसीटीका खेलाडी मन्दिप राईले दिन सफल भए । प्रतिस्पर्धात्मक रुपमा अघि बढेको खेलमा ६८ औं मिनेटमा विवेक राईले गरेको गोल धरानसीटीका लागि विजयी गोल बन्न पुग्यो ।
खेलमा विवेक राईलाई नै म्यान अफ द म्याच घोषित गरिएको छ । भोलि तुर्केनी एफसी काँकडभिट्टा र जलथल फुटवल क्लवबीचको दोस्रो सेमिफाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ ।
यसैगरी आजको खेल कार्याक्रममा महेन्द्र पुलिस क्लव, त्रिभूवन आर्मी क्लव लगायतबाट राष्ट्रिय स्तरका खेल खेली सक्नु भएका र अन्य ग्रामिण खेल क्षेत्रका पूर्व खेलाडीहरु बुद्धिवल शेर्मा, राजु बुढाथोकी, सन्तोष नेपाली, लोक सम्बाहाम्फे, देऊमान सम्बाहाम्फे, भिम खड्का, श्यामसुन्दर मगर लगायतलाई नगद ५ हजार तथा सम्मान पत्रले सम्मान गरिएको आयोजक समितिका अध्यक्ष बमप्रसाद चेम्जोङ्गले बताउनु भयो ।