१७ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ४६ संक्रमित थपिएका छन् । देशभर ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण हुँदा २ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ४७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट कसैले पनि मृत्युबरण गर्नु परेन । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ३५ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार ९ सय २१ रहेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *