कुष्ठ रोगीलाई शीपमा सहयोगः अझै नेपालमा २ हजार भन्दा धेरै कुष्ठरोगी उपाचरत

२३ मंसीर २०७८/डिकेश लामा

झापामा कुष्ठ रोग प्रभावितलाई स्वावलम्बी बनाउँन झोला निर्माण तालिम दिन थालिएको छ । प्लाष्टिकको झोलाले वातावरणमा पुर्याएको असरलाई समेत कम गर्ने उदेश्यले नेपाल कुष्ठ रोग संगतीको सहकार्यमा स्थानीय तहमा तालिम संचालन गर्न थालिएको छ । झापाको कमल गाउँपालिकामा यतिखेर शारीरिकरुपमा अशक्तहरुको एक समूहले कपडाको झोला बुन्ने तालिम लिदँै आएका छन् । कपडाको झोलाले पर्यावरण संरक्षणसँगै जिविकोर्पानमा समेत टेवा पुग्ने तालिमकी सहजकर्ता निर्मला भण्डारीले बताउनु भयो ।

झापा जिल्लामा अझै पनि १ सय २१ जना कुष्ठ रोगीले नियमित औषधी सेवन गर्दै आएका छन् । रोग लागेर न्यूनिकरण भएकाहरुको संख्या भने अझै धेरै छन् । उनीहरुलाई लक्षित गरी जिल्लामा विभिन्न कार्याक्रम गर्दै आएको नेपाल कुष्ठ रोग संगतीका प्रमुख डीबी गुरुङ्गले बताउनु भयो । गुरुङ्गका अनुसार कुष्ठ रोगीको संक्रमित अंगले थाहा नपाउने र काम नगर्ने भएकाले जिविकोपार्जनमा समस्या हुने गरेको छ । रोगीको सहयोगमा विरामीको परिवारका अन्य सदस्यलाई समेत तालिम दिएर जिविकोपार्जनमा सहयोग गरेको बताउनु भयो ।

पछिल्लो समय कुष्ठ रोगी मात्र नभई प्रभावित परिवारलाई समेत तालिम दिन थालिएको छ । परिवारको सदस्यलाई तालिम दिँदा अशक्तलाई टेवा पुग्ने तालिममा सहभागीले बताएका छन् । नेपालमा अझै पनि २ हजार धेरै कुष्ठ रोगीहरु उपचारत् रहेका छन् । यो रोग लागेको अंगहरुले थाहा नपाउने र काम नगर्ने भएकाले समाजमा कुष्ठ रोगीहरुलाई ठूलो सहयोगको आवश्यकता रहेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २११ संक्रमित, ३२९ निकाेः २ जनाकाे मृत्यु
Next post नेपालमा आज २५९ संक्रमित, ३३७ निकाेः ३ जनाकाे मृत्यु