नेपाल–दाहाल–ओली एउटै मंचमा आरोप प्रति आरोपमा व्यस्त

ओलीलाई हराउन आफूलाई सभापतिमा जिताउन देउवाको आग्रह

२४ मंसीर २०७८, सारासन्देश समाचार– लामो समय पछि नेपालका मुख्य राजनैतिक दलका नेताहरुले एक अर्कालाई एउटै मंचमा व्यंग गर्ने अवसर पाएका छन् । नेपाली काँग्रेश पार्टीको १४ आंंै महाधिवेशनको काठमाण्डौंमा भएको समुद्घाटन कार्यक्रममा पछिल्लो समय एउटै पार्टी नेकपाबाट फुटेका माधव नेपाल, पुष्पकमल दाहाल र केपी शर्मा ओलीले एउटै स्जेट प्रयोग गरेर एक अर्कालाई व्यंग गर्ने मौका पाएका छन् ।

कार्याक्रममा नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजाले पुन राजतन्त्र फर्काउँछु भनेर कसैले नसोचे पनि हुन्छ । राजाले राजनीति गर्ने हो भने अव नयाँ दल खोले हुन्छ । नयाँ व्यापर खोले हुन्छ भन्नु भयो । उहाँले प्रतिगमनको विरुद्ध आफू नयाँ पार्टीको रुपमा उदय भएको समेत बताउनु भयो ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु गाऊँमा आए भने चोर भन्नेहरुले निरंकुशता ल्याउने संकेत गरेको बताउनु भयो । उहाँले आफूहरु समावेशी लोकतन्त्रमा बताउनु भयो । उहाँले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दाको गिरीजा प्रसास कोइरालाको निधन र उहाँको लोकतन्त्र प्रतिको उच्च सम्मानलाई स्टेजबाट सम्झेको बताउनु भयो । उहाँले अर्को प्रसंगमा केपी शर्मा ओली प्रति इंकित गर्दैै एक्लो हिड्न चाहानेहरु ओरालो यात्रा तर्फ लागेको बताउनु भयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्रलाई दरिलो बनाएर लानु पर्ने बताउनु भयो । निरकुंशतको विरुद्ध राजनैतिक दल एकता भएको यो इतिहास बनेको र यस्तो एकता अझ दरिलो पार्नु पर्ने बताउनु भयो ।

यस्तै कार्याक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेश पार्टीलाई शुभकामना दिँदै काँग्रेशले आफ्नो सिद्धान्तमा हिडोस् अर्काको इशारामा नहिडोस् भन्दै पछिल्लो गठबन्धनलाई व्यंग गर्नु भयो । उहाँले विकास र समृद्धिका लागि एमाले समेत एकतामा आउन सक्ने बताउनु भयो । यस्तै यस अघि भर्खरै राप्रपा पार्टीका अध्यक्षमा चुनिएका राजेन्द्र लिङ्देनलाई इकिंत गर्दै भर्खरको बाछो हिड्न नजान्ने भन्दै व्यंग गर्नु भयो ।
यस्तै प्रधानमन्त्री तथा नेपाली काँग्रेश पार्टीका अध्यक्ष शेरबहादुर देउवाले आफू सरकारमा आएको पहिलो दिन ओलीको निरंकुश सरकारबाट मुक्ति पाएको आभाष गरेको बताउनु भयो । उहाँले आफूलाई जिताए आगामी दिनमा ओली सरकारको जस्तो डरत्रासमय सरकारको अन्त्य हुने दावी गर्नु भयो ।
झण्डै साँझ पाउने ७ बजेसम्म भएको उदघाटन कार्याक्रममा भारतबाट आएका राजनैतिक दलका अगुवा देखि पूर्व प्रधानमन्त्री र मुख्य राजनैतिक दलका अध्यक्षले काँग्रेश पार्टीको १४औं अधिवेशनको शुभकामना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २५९ संक्रमित, ३३७ निकाेः ३ जनाकाे मृत्यु
Next post स्वदेश फर्कन माग गर्दै प्रधानमन्त्री देउवालाई शरणार्थीको पत्र