स्वदेश फर्कन माग गर्दै प्रधानमन्त्री देउवालाई शरणार्थीको पत्र

२४ मंसीर २०७८/डिकेश लामा
विश्व मानव अधिकार दिवशको अवसर पारेर स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीले आफ्नो देश फर्कन पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । भूटान स्वतन्त्र जनमंचले प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउनँदै ३० बर्ष देखि स्वदेश फर्कन आशामा बसेका भूटानी शरणार्थीलाई स्वदेश फर्कन पाउने अधिकारको सम्मान गर्न आग्रह गरिएको छ । पत्रमा स्वदेश फर्काउन नेपाल सरकारले भूटानसँग ग गरिएको १५ चरणसम्मको वार्ता स्थगित भए पछि शरणार्थीको समस्या समाधानका लागि ल्याइएको स्वदेश फिर्ती, तेस्रो मुलुक पुनर्वास र स्थानीयकरण मध्ये तेस्रो मुलुक पूनर्वासलाई मात्र प्राथमिकता दिइएको बताइएको छ । पत्रमा पूनर्वासका कार्यक्रमबाट अमेरिका, क्यानाडा, वेलायत लगायतका ८ वटा देशमा १ लाख १३ हजार ५ सय भूटानी शरणार्थीहरु स्थान्तरण भईसकेको बताइएको छ ।

मंचका महासचीव धनविर सुव्बाको हस्ताक्षरमा प्रेशित पत्रमा ३ दशक देखि स्वदेश फर्कने चाहानामा शरणार्थी शिविरमा रहेका झण्डै साढे ६ हजार भूटानी शरणर्थीहरुको मानव अधिकारको सम्मान गर्न तत्काल स्वदेश फर्कने वातावरण मिलाउन आग्रह गरिएको छ । पत्र सरोकारवाला मन्त्रालय र निकायमा समेत बोधार्थ दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल–दाहाल–ओली एउटै मंचमा आरोप प्रति आरोपमा व्यस्त
Next post नेपालमा आज २३६ संक्रमित, ३०७ निकाेः १ जनाकाे मृत्यु