दमकमा रनध्वोजको शालिक शिल्यान्यास (फोटो फिचर सहित)

२७ मंसीर २०७८/डिकेश लामा
किरात समूदायका लिपिकार तथा ज्योतिषी रनध्वोज नेम्बाङ्गको शालिक आज एक कार्याक्रमबीच शिल्यान्यास गरिएको छ । झापाको दमक वडा नं. ३ मा दुम्सेमा रहेको रनध्वोज चौकमा शालिक राख्नका लागि शिल्यान्यास गरिएको हो । दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले शिल्यान्यास गर्नु भएको छ । शिल्यान्यास कार्याक्रममा अध्यक्ष बरालले इतिहासकार ज्योतिषी नेम्बाङ्गको शालिक निर्माणमा लाग्ने खर्चमा दमक नगरले समेत केही आर्थिक सहयोग गर्ने बताउनु भयो ।
शालिक निर्माणका लागि रनध्वोज स्मृति प्रतिष्ठानले ५ लाख खर्च गरेर शालिक राख्ने योजना निर्माण गरेको प्रतिष्ठानका सदस्य देशकुमार नेम्बाङ्गले जानकारी दिनु भएको छ ।

कोरोना कहरले गर्र्दा शालिक निर्माणमा ढिलाई भइरहेको थियो । प्रतिष्ठानका अध्यक्ष लाखजित नेम्बाङ्गको कोरोना कै कारण मृत्यु भएकाले शालिक निर्माण गर्न प्रतिष्ठानले निर्माण गरेको शालिक निर्माण समितिका सहसंयोजक हिमदल भण्डारीको अध्यक्षतामा कार्याक्रम गरिएको छ । शालिक निर्माणका लागि एक बर्ष अघि समिति गठन गरिएको थियो ।

किराती समूदायमा रनध्वोज नेम्बाङ्गलाई एक लिपिकार, ज्योतिषी, इतिहासकार तथा साहित्यकाररुपमा लिइन्छ । विक्रम सम्बत् १९७४ पुस १९ गते पाँचथरमा जन्मनु भएका नेम्बाङ्गले नेपालको १६ औं राष्ट्रिय विभूती किराती समूदायका महागुरु फाल्गुनन्द लिङ्देनको समिपमा रहेका ज्ञान आर्जन गर्नु भएको इतिहास छ । उहाँले तुम याक्थुङ निङवाभु साप्ला, किरातेश्वर याक्थुङ साप्ला, लिङयोक कोतुम, किरात याक्थुङ इछाप र मुन्धुम खाइक जस्ता ५ वटा किराती समूदायका लागि महत्वपूर्ण पुस्तकहरु लेख्नु भएको लेखक चन्द्रकुमार शेर्मा पापोहाङ्गले नेम्बाङ्गबारे लेखिएको लेखमा उल्लेख्य गर्नु भएको छ । नेम्बाङ्गको २०१८ साल मंसीर २१ गते ४४ बर्षको उमेरमा देहान्त भएको थियो ।
यो तस्बिर अघिल्लो वर्ष शालिक निर्माण समिति गठन गर्दा लिइएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३४१ संक्रमित, ३७६ निकाेः ३ जनाकाे मृत्यु
Next post चितवनमा फेरि भाले गैंडा मृत भेटियाेः एक दशक यता झण्डै ५० गैडा मरे