चितवनमा फेरि भाले गैंडा मृत भेटियाेः एक दशक यता झण्डै ५० गैडा मरे

२७ मंसीर २०७८,चितवन – भरतपुर महानगरपालिका १६ बिजयनगरमा एउटा गैंडा मृत फेला परेको छ । अन्दाजी १०-१२ वर्षको भाले गैंडा आज (सोमबार) बिहान मृत अवस्थामा फेला परेको हो । सिद्धि गणेश सामुदायिक वनबाट करिब एक किलोमिटर गाउँतर्फ ताेरीबारीमा उक्त गैंडा फेला परेको डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत पदमराज नेपालले जानकारी दिनु भयाे। नेपालका अनुसार आज बिहान ७:३० बजे स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि कार्यालयमा खबर गरेका थिए ।

मृत गैंडाको खाग लगायतका बहुमुल्य अंगहरु सुरक्षित रहेका छन् । गैंडा के कारणले मरेको भन्ने पोस्टमार्टम पछि मात्रै थाहा हुने बताइएकाे छ । चितवन राष्टिय निकुन्ज भित्र एक दशक यता झण्डै ५० वटा गैंडा मरेका छन् । ५ बर्ष अघिसम्म निकुन्जमा ६ सय ५ वटा गैंडा रहेकाे तथ्याङ्क छ । याे निकुन्ज नेपालकै सवैभन्दा धेरै एकसिंगे गैंडा पाउने स्थान हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा रनध्वोजको शालिक शिल्यान्यास (फोटो फिचर सहित)
Next post नेपालमा आज २६४ संक्रमित, ३६२ निकाेः २ जनाकाे मृत्यु