दमकका यूवाकाे हत्यारा चाँडो पत्ता लगाउन मागः हत्यारा फेला पर्ने प्रहरीकाे भनाइ

१ पौष २०७८/सारासन्देश समाचार
झापाको दमकका भएको युवाको हत्यारा चाँडो पत्ता लगाउन दमक उद्योग बाणिज्य संघले माग गरेको छ । व्यवसायी माथि भएको आक्रामणको भत्सर्ना गर्दै चाँडो हत्यारा सार्वजनिक गर्न आज इलाका प्र्रहरी कार्यालय दमकमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठको हस्ताक्षरमा बुझाइएको ज्ञापन पत्रमा बजारको मुख्य भीडभाड हुने क्षेत्रमा व्यवसायीको हत्या हुनुले अन्य व्यापरी समेत त्रसिद बनेको उल्लेख्य गरिएको छ ।

बुधबार साँझ सवा ७ बजे तिर दमक वडा नं. २ का २५ बर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार दमक वडा नं. ६ मा रहेको घिमिरे मार्केटमा विगत ५र६ बर्ष देखि रक्षा फेन्सी स्टोरमा काम गर्दै आएका पराजुलीलाई बजार भित्रै आक्रमण गरेको बताइएको छ ।
धारिलो हतियारले प्रहार गरेका पराजुलीको दमक स्थित लाइफ लाइन अस्पतालमा उपचार हुन नसके पछि विर्तामोड स्थित बीएनसी अस्पताल पुर्याइएको थियो । तर घाइते पराजुलीको अस्पताल पुर्याइसक्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घटनाबारे सीसी क्यामेराको फुटेजको आधारमा थप अनुसन्धान भईरहेको बताइएको छ । हत्यारा चाँडै पत्ता लाग्ने प्रहरीले जानकारी दिएको छ । प्रहरीकाे अनुसन्धानले हत्यारा नजिक पुगिसकेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हात्तीले लियो बृद्धको ज्यान
Next post नेपालमा आज १८४ संक्रमित, २६७ निकाेः २ जनाकाे मृत्यु