प्रदेश एक पालिका स्तरीय आजकाे खेलमा विर्तामोड, चुलाचुली र कमल विजयी


६ पौष २०७८/सारासन्देश समाचार

झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी प्रदेश एक पालिका स्तरी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको दोस्रो दिन आज ६ टीमबीच प्रतिष्पर्धा भएको छ । आजको खेलमा विर्तामोड, चुलाचुली र कमल गाउँपालिकाले विजय हात पारेका छन् ।
आजको खेलमा वेलबारी मोरङ्ग, गौरादह झापा र सभापोखरी संखुवासभा खेलबाट बाहिरिएका छन् । आज भएको खेलमा धु्रब भण्डारी र विनोद श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् । त्यस्तै भोलि आमचौक गाउँपालिका भोजपुर र अर्जुनधारा झापा तथा भद्रपुर झापा र ट्याम्के मैंयु भोजपर तथा झापा गाउँपालिका र चुलाचुली इलामबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । खेलमा विजेताले १ लाख ५१ हजार र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । खेलमा प्रदेश एकका १६ वटा पालिकाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ४ हजार हेक्टर धान खेत बगाए पछि बगरमै खेती (फाेटाे फिचर सहित)
Next post वडा अध्यक्ष कपकाे आज भएको खेलमा पथरी विजयी