प्रदेश एक पालिका स्तरीय दाेस्राे अध्यक्ष भलिवल कप उपाधिका लागि झापा र आमचोक भिड्ने

९ पौष २०७८/सारासन्देश समाचार
झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी प्रदेश एक पालिका स्तरीय दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुर भिड्ने भएका छन् ।

आयोजक झापाले उपाधि दाबेदार विर्तामोड नगरपालिकालाई पराजित गरेपछि उपाधिका लागि झापा र आमचोक भिड्ने निश्चित भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापा गाउँपालिकाका अनिष गणेश म्यान अफ दि म्याच घोषित भएका छन् । सेमिफाइनलको पहिलो खेलमा दमकले पाँचथरमा खेलेको खेलाडी प्रयोग गरेको भन्दै खेल्न नदिए पछि आमचोक भोजपुर फाइनमा प्रवेश गरेको आयोजकले जानकारी दिएको छ ।

फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्ने छन् । जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा प्रदेश १ का १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आयोजक दमक फाइनलमा
Next post नेपालमा आज २६० संक्रमित, ३४९ निकाेः १ जनाकाे मृत्यु