प्रदेश एक पालिका स्तरीय भलिवल कपको उपाधी आयोजकको पोल्टामा (फाेटाे फिचर सहित)

१० पौष २०७८,सारासन्देश समाचार
झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी प्रदेश एक पालिका स्तरीय दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ । आमचोक गाउँपालिका भोजपुरलाई १–३ को सेटमा हराउँदै आयोजक झापा गाउँपालिका विजयी बनेको हो ।

खेलमा आमचोकका खेलाडी रोमन बस्नेत म्यान अफ दि म्याच भएका छन् । यस्तै खेल अवधीभर उत्कृष्ट खेलाडीको रुपमा रोहित शिवाकोटी, उत्कृष्ट सर्भर रोशन शिवाकोटी, उत्कृष्ट सटर सागर किरण भट्टराई, उत्कृष्ट डिफेन्स गणेश कटुवाल, उत्कृष्ट व्लकर रोहित शिवाकोटी र उदयीमान खेलाडी अनिस गणेश घोषित भएका छन् । उत्कृष्ट खेलाडीलाई कार्याक्रमका प्रमुख अतिथि झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले नगद ५ हजार ५ सय देखि ११ हजार प्रदान गर्नु भएको छ ।

खेलमा विजयी टीम झापाले १ लाख ५१ हजार र उपविजेता भोजपुरको आमचोकले १ लाख नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ । खेलमा ५ वटा जिल्लाका १६ वटा पालिकाले भाग लिएका थिए ।
यस अघि पहिलाे कप दमक नगरपालिलकाले जितेकाे थियाे । दमक यस बर्ष खेलाडी विवादका कारण सेमिफाइन खेल्न नपाइ बाहिरिन पुग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १६७ संक्रमित, २२६ निकाेः १ जनाकाे मृत्यु
Next post गाँजा सहित एक जना पक्राऊ