बगाएको बाटो नबन्दा होकलबारी बस्तीका बासिन्दालाई समस्या (फाेटाे फिचर सहित)
१३ पौष २०७८/बालदिवश तामाङ
पछिल्लो वेमौषमी बाढीले बगाएको बाटो २ महिनासम्म पनि नबन्दा होकलबारी बस्तीका बासिन्दालाई समस्या भएको छ । झापाको गौरीगंज १ भारतीय सिमावर्ती क्षेत्रमा पर्ने होलकबारी बस्तीमा झण्डै एक सय घर परिवारलाई बाटो नबन्दा दैनिकीमा समस्या भएको उनीहरुले बताएका छन् । सतासीधाम चौरी बस्ती सडकखण्ड अन्तर्गत होलकबारी क्षेत्रमा झण्डै ५ सय मिटर सडक बगाए पछि सो क्षेत्रमा २ महिना देखि आवात जावातमा समस्या भएको छ । बाटो नै नभएका कारण अहिले सिंगो बस्तीका बासिन्दा विरामी हुँदा मानिसलाई बोकेर हिड्नु पर्ने रहेको स्थानीय अगुवा नविन राईले बताउनु भयो । राईका अनुसार बस्तीमा उत्पादन भएका बस्तुहरु अहिले बजारसम्म पुर्याउन राँगा गाडीको प्रयोग गर्नु पर्छ । देवीगाढाबाट पसेको कन्काई नदिको बाढीेले झण्डै ५ सय मिटर बाटो बगाउँदा समस्या भएको छ ।
कन्काई नदिको बाढी बस्ती तर्फ पसेकाले सो क्षेत्रमा सयौं विगाह जमिन बगर बनेको छ । बाढीले सडकको कल्भर्ट र बाटो नै बगाए पछि अहिले जोखिम मोलेर बाँसको अस्थायी पुलमा हिड्नु पर्ने बाध्यता आएको स्थानीयले बताएका छन् । बस्तीमा मानिसलाई दैनिक चाहिने अति आवश्यक मील, स्वास्थ्य चौकी र माध्यामिक तहको विधालय समेत नभएकोले सोही बाटो भएर हिड्नु पर्ने बाध्यता छ । बाढीले हुलाकी सडकको केही कल्भर्ट र बाँध समेत बगाएकाले वेलैमा नदि नियन्त्रण नगरे सिंगो बस्ती बगाउन सक्ने खतरा रहेको नदि नियन्त्रणमा कार्य गर्दै आएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो ।
देवीगाडा भन्ने स्थानबाट पसेको कन्काई नदि को बाढीले गौरीगंज १ क्षेत्रमा बाटो र विधुतका पोल बगाएको २ महिना भइसक्यो । हालसम्म बाटो नबनेकाले यातायत नचल्दा विरामीलाई अस्पताल पुर्याउन समेत समस्या भएको स्थानीयले गुनासो पोखेका छन् ।