प्रदेश स्तरीय कलाकारको भेलाः कसको कला राम्रो ? चित्र की मुर्ति ? (भिडियाे सहित)

१८ पौष २०७८/डिकेश लामा

कला तिखार्न प्रदेश नम्बर एकका चित्रकार तथा मुर्तिकारहरुले सामुहिकरुपमा कलाकारिता पर्दशनी गरेका छन् । झापाको कमल वडा नं. ५ स्थित जोरसिमल मुर्तिशालामा प्रदेश नम्बर एकका चर्तित र व्यवसायिक कलाकारबाट एक अर्काको मुर्ति र चित्र बनाउने प्रतिस्पर्धा गरेका छन् ।

झापामा प्रदेश नम्बर एकका विभिन्न जिल्लाबाट प्रदेशमा पहिलो पटक कलाकारको आम भेला गरिएको हो । भेलाले कसको कला कति छ र कसरी तिखार्ने भन्ने कला बाँड्न एकले अर्काको मुर्ति र चित्र बनाउने अभ्यास थालिएको छ ललितकला अध्यापन समेत गराउँदै आउनु भएका इलामका कलाकार विजय श्रेष्ठले बताउनु भयो ।

मोफसलमा पछिल्लो समय चित्र र मुर्तिमा काम गर्ने कलकारहरु बढ्दै गएका छन् । यस्ता कार्याक्रमले कलाकारहरुको संख्या समेत बढ्ने उनीहरुले बताएका छन् । काँकडभिट्टामा व्यवसायिकरुपमा आर्ट प्याडको व्यवसाय गर्दै आउनु भएकी रिना राईका अनुसार यस्तो भेलाले कलाकारको शीप आदानप्रदानमा सहयोग पुग्ने छ । विधार्थीका लागि समेत यस्तो कार्याक्रम उपयोगी हुने र नयाँ कुरा साटासाट गर्ने अवसर मिल्ने बताउनु भयो । धेरैजसो काठमाण्डौं केन्द्रिय यस्तो कार्याक्रम प्रदेश नम्बर एकमै पहिलो पटक कार्याक्रम गरिएको बताउनु भयो । यस्तै विर्तामोड ७ गरामनी निवायी युवराज रिजाल जो कलाकारिता अध्यापन समेत गर्दै आउनु भएको छ । उहाँले पनि प्रदेश भरीका कलाकारको भेलामा सहभागिता जनाउनु भएको छ । उहाँले धरानका कलाकार धिरज राई चित्र बनाउने र उहाँको मुर्ति धिरजले बनाउने अभ्यास गर्नु भएको छ ।

default

कार्याक्रममा चित्रकारले मुर्तिकारको चित्र र मुर्तिकारले चित्रकारको मुर्ति बनाउने पहिलो अभ्यासले कलाकारिताको निखार आउने अर्का कलाकार छितेन शेर्पाले बताउनु भयो ।
उतम गजमेरले विश्वव्यापीरुपमा संचालन गर्दै आउनु भएका जोरसिमल प्रोडक्सनको स्पोन्सरमा गरिएको कार्याक्रममा चित्र र मुर्तिमा अध्ययन गर्दै आएका विधार्थीहरुले समेत सहभागिता जनाएका छन् । यस्ता कार्याक्रमले कलाकारमा थप निखार ल्याउने र एकताको विकास हुने गोलसिमलका कलाकार भक्त राईले बताउनु भयो । राईका अनुसार प्रदेशमा आफ्नो प्रयासमा गरिएको यो पहिलो कार्याक्रमले कलाकारबीच एकता र शीप आदान प्रदानमा समेत हुने बताउनु भयो । यस्तै धरानका चित्रकार विगेन राईको पनि यस्तो खाले कार्याक्रमको पहिलो पटक अनुभव गर्नु भएको छ । उहाँले पनि अर्का कलाकारको चित्र बनाउने कार्य गर्नु भएको छ । यस्तो कार्याक्रमले कलाकारलाई मनोरञ्जनसँगै शिपमा निखार ल्याउन सहयोग पुग्ने बताउनु भयो ।
पछिल्लो समय पूर्वी नेपालमा पहिचान सहितको चोक र स्थान विशेष मुर्ति राख्ने चलनले कलाकारमा काम भने बढेको छ । तर पहुँच र विच्यौलाका कारण कलाकारले सहज तरिकाले काम गर्न नपाएको उनीहरुले गुनासो पोखेका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २१६ संक्रमित, २०९ निकाेः२ जनाकाे मृत्यु
Next post नेपालमा आज ३२६ संक्रमित, २५५ निकाेः२ जनाकाे मृत्यु