
१९ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय २६ संक्रमित थपिएका छन् । देशभर १२ हजार ४ सय ९८ जनाको नमूना परीक्षण हुँदा २ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ५५ जना संक्रमण मुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा २ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ९६ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ५ जना रहेकाे छ । नेपालमा अाज एकै दिन ३ लाख ४४ हजार ४४ जनाले खाेप लगाएका छन् । हालसम्म साढे २ कराेड मात्रा हाराहारीमा खाेप लगाइएकाे छ भने १ कराेड ५ लाख जनाले पूर्ण मात्रा खाेप लगाइसकेका छन् ।
