२० पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय ९३ संक्रमित थपिएका छन् । देशभर ९ हजार ३ सय २९ जनाको नमूना परीक्षण हुँदा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ६३ जना संक्रमण मुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय १ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ९४ जना रहेकाे छ ।
