किराती ज्याेतिषी तथा मुन्धुमविद रन्धाेज नेम्बाङकाे जयन्तीमा विबिध कार्यक्रम सम्पन्न

१९ पौष २०७८/सारासन्देश समाचार
किराती ज्योतिष तथा मुन्धम विद् रन्धोज नेम्बाङको १०४ औं जन्मजयन्तीमा विबिध कार्याक्रम सम्पन्न भएको छ । कार्याक्रममा रन्धोज नेम्बाङ स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष अघिल्लो बर्ष स्वर्गबास हुनु भएका लाखजित नेम्बाङको नाममा १२ घर विपन्न परिवारलाई चिसोबाट वच्न न्यानो कपडा तथा सिरक वितरण गरिएको छ ।

दमक नगरपालिका वडा नं. ३ का कार्यबाहक अध्यक्ष कार्याक्रमका प्रमुख अतिथि गजेन्द्र धिमाल, वेदमाया लिम्बु, कार्याक्रमका सभापति दलबहादुर नेम्बाङ, रन्धोज नेम्बाङकी बहिनी कृष्णमाया नेम्बाङको हातबाट विपन्न परिवारलाई कपडा वितरण गरिएको संस्थाका सदस्य विनय देवानले बताउनु भयो । सहयोग संस्थापक अध्यक्ष लाखजित नेम्बाङको श्रीमति वेदमाया र जलपा देवी नेम्बाङ (मगर)को तर्फबाट उपलव्ध गराइएको हो ।

जन्मजयन्तीको अवसरमा दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बराल, सामाजिक अगुवा तारामान भूजेल, पूर्व शिविर सचीव सञ्चहाङ्ग सुब्बा, नन्द प्रसाद भण्डारी, कविन्द्र शेर्मा लगायतले किरातीका मुन्दुम विद् नेम्बाङले समाज र किराती समूदाय प्रति पुर्याएको योगदानको चर्चा गरेका छन् । नेम्बाङकाे स्मृतिमा एक सय ८ दीप प्रज्वलन समेत गरेर जयजयकार गरिएकाे छ ।

किराती समूदायमा रनध्वोज नेम्बाङ्गलाई एक लिपिकार, ज्योतिषी, इतिहासकार तथा साहित्यकाररुपमा लिइन्छ । विक्रम सम्बत् १९७४ पुस १९ गते पाँचथरमा जन्मनु भएका नेम्बाङ्गले नेपालको १६ औं राष्ट्रिय विभूती किराती समूदायका महागुरु फाल्गुनन्द लिङ्देनको समिपमा रहेका ज्ञान आर्जन गर्नु भएको इतिहास छ । उहाँले तुम याक्थुङ निङवाभु साप्ला, किरातेश्वर याक्थुङ साप्ला, लिङयोक कोतुम, किरात याक्थुङ इछाप र मुन्धुम खाइक जस्ता ५ वटा किराती समूदायका लागि महत्वपूर्ण पुस्तकहरु लेख्नु भएको लेखक चन्द्रकुमार शेर्मा पापोहाङ्गले नेम्बाङ्गबारे लेखिएको लेखमा उल्लेख्य गर्नु भएको छ । नेम्बाङ्गको २०१८ साल मंसीर २१ गते ४४ बर्षको उमेरमा देहान्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३२६ संक्रमित, २५५ निकाेः२ जनाकाे मृत्यु
Next post नेपालमा आज ३९३ संक्रमित, २६३ निकाेः३ जनाकाे मृत्यु