किसानको नामबाट विपन्नलाइ लक्षित गरी कमला मदन माविमा अक्षयकोष स्थापना (फाेटाे फिचर सहित)
२० पौष २०७८/सारासन्देश समाचार
विपन्नले पढ्न पाउन पर्छ भन्दै एक जना किसानको स्मृतिमा ५ लाख ५५ हजार ५ सय ५५ रुपयाँको अध्यक्ष कोष खडा गरिएको छ । झापाको कमल गाउँपालिका वडा नं. २ मा रहेको कमला मदन आश्रित स्मृति माध्यामिक विधालयमा अक्षयकोष खडा गरिएको हो । किसान पेशा गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाउँन सफल कमलगाउँपालिका वडा नं. २ का सोमनाथ रेग्मीको स्मृतिमा अक्षय कोष २०७८ नामले कोष खडा गरिएको हाल उपसचीव भईसक्नु भएका जेष्ठ छोरा तोयानाथ रेग्मीले बताउनु भयो ।
सोमनाथ रेग्मीको गएको बर्ष पौष २९ गते ८० बर्षको उमेरमा देहान्त भएको थियो । रेग्मीको छोरा छोरी र नातानातिनी गरी १० जनाले सो विधालयबाट शिक्षा लिएका थिए । कक्षा १२ पास गर्ने गरिव तथा जेहन्दार एक छात्र र एक छात्रालाई अक्षयकोषको व्याजबाट उच्च शिक्षा अध्ययन गर्न छात्राबृति उपलव्ध गराउने गरी कोष खडा गरिएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताउनु भयो ।
विधालय व्यवस्थापन समितिको अध्यक्ष डिल्लिराम अधिकारीको अध्यक्षतामा भएको कार्याक्रममा स्थानीय समाजसेवी चक्रबहादुर गुरुङ्गले कक्षा ४ र ५ का गरी ४८ जना विधार्थीलाई जाडोमा लगाउन ट्रयाक सुट वितरण समेत गर्नु भएको छ । कार्यक्रममा ४७ औं व्याज जुनियर राष्ट्रिय सेवा दल (एनसीसी) का विधार्थीहरुले आफूले सिकेको शीपको समेत प्रदर्शन गरेको सहायक प्रधानाध्यापक आइत राईले जानकारी दिनु भयो ।