घरमा काेही नभएकाे वेला आगलागी हुँदा झापामा एक जनाकाे मृत्यु

२२ पाैष २०७८,झापा, सारासन्देश समाचार– घरमा काेही नभएकाे वेला आगलागी भई ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ। विस्फोटमा परी १२ जना घाइते भएका छन्।

मेचीनगर नगरपालिका ७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो र चित्राको बेरा लगाएको एक तले घरमा बुधवार राति ९ बजेर २० मिनेटमा आगलागी हुँदा आगाे नियन्त्रण गर्नेक्रममा मेचीनगर नगरपालिका वडा नं. ८ बस्ने ४५ बर्षीय सारद राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिनु भएकाे छ । उक्त घरमा रामेछाप जिल्ला घर भई हाल मेचीनगरमा भाडामा बस्दै आएको कुमार पाण्डे भाडामा बस्दै आएका थिए। आगलागी भएपछि स्थानीयवासी आगो निभाउने पुगेका थिए।

त्यस्तै विस्फोटमा परी मेचीनगर ७ निवासी ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ निवासी २९ वर्षीय गोविन्द प्रसाद राजवंशीलाई, मेचीनगर ७ निवासी बस्ने ३२ वर्षीय दीपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानी शङ्कर न्यौपाने, मेचीनगर ८ निवासी ३४ वर्षीय हरि विक, सोही ठाउँका अर्जुन अधिकारीको ८ बर्षीया छोरी सुशीला अधिकारी र मेचीनगर ७ निवासी ३६ वर्षीय निर्मल शर्मा घाइते भएका छन्।

उनीहरूको विर्तामाेड स्थित बीएनसी र विर्तासिटी अस्पतालमा उपचार भइरहेको र केहीकाे डिस्चार्ज समेत भएकाे प्रहरीले जनाएको छ। यता घरमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको बताइएकाे छ । घरमा काेही नभएकाे वेला आगाे कसरी लाग्याे भन्ने कुरा नै शंकास्पद रहेकाे हुन सक्ने स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौशाला संरक्षणमा प्रदेश सरकारले ८ लाख रुपयाँ सहयोग गर्ने
Next post नेपालमा फेरि बढ्न थाल्याे संक्रमणः पछिल्लाे २४ घण्टामा ५४० संक्रमित थपिए