गौशाला संरक्षणमा प्रदेश सरकारले ८ लाख रुपयाँ सहयोग गर्ने
२१ पौष २०७८/डिकेश लामा
झापामा वेवारिसेरुपमा छाडिएर गौशालामा पालिएका गाईगोरुलाई लक्षित गरी यो बर्ष प्रदेश सरकारले राहतको कार्याक्रम ल्याएको छ । जोखिममा परेका गाईगोरुको उदार र तिनीहरुबाट प्राङगरिक मल उत्पादन गर्न कार्याक्रम संचालन प्रकृया थालिएको छ । त्यसका लागि जिल्लामा रहेका केही गौशालाको अध्ययन र निवेदन माथिको छानविन प्रकृया थालिएको छ ।
जिल्लामा झापाको शिवसताक्षी नगरपालिका क्षेत्रमा रहेको गोलोक गोवर्धन गौशालाले समस्यामा परेको झण्डै ३ सय गाई गोरुको उदार तथा पालान पोषण गर्दै आएको छ । सहयोग संकलनको भरमा गाई गोरुको संरक्षण गर्नु परेको छ । राज्यले सहयोग गरे प्रशोधन केन्द्र संचालन गर्न सकिने गौशालाका अध्यक्ष नन्दकिशोर भारद्धोजले बताउनु भएको छ । यस अघि प्रदेश सरकारले सतासीधामको भौतिक पूर्वाधारको स्तरोन्नतीमा पहल सहयोग गरेको छ । तर गौशाला भने अझै दाताहरुको सहयोगको भरमै संचालन भइरहेको छ ।
झापा जिल्लामा रहेका गौशालालाई व्यवस्थित गर्न प्रदेश सरकारले यस बर्ष ८ लाख रुपयाँ विनियोजन गरेको छ । गौशालालाई सुधार गर्दै प्राङगरिक मल उत्पादन गर्न कार्याक्रमका लागि सूचना माग गरिएको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताउनु भयो । गौशालाले गाईको संरक्षण मात्र गरेको छैन । यसले गोवर ग्याँस र मल उत्पादनमा समेत टेवा पुगेको छ । गौशालाबाट उत्पादित मल किसानमा वितरण गर्दै आइएको छ । झापा जिल्लामा विभिन्न गौशाशालामा सयौंको संख्यामा गाइगोरुको रक्षा र उदार गरिँदै आइएको छ । प्रदेश सरकारले यस्ता गौशालाको विकास र संरक्षणमा बजेट विनियोजन गरेकाले ठूलो टेवा पुग्ने गौशाला रेखदेखमा खटिएकाहरुले बताएका छन् ।