नेपाल आज हिजाे भन्दा झण्डै दाेब्बरले काेराेना बृद्धिः २४ जनामा ओमिक्राेन पुष्टि

२३ पाैष २०७८, काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा हिजाे भन्दा झण्डै दाेब्बरले काेराेना संक्रमित थपिएका छन् । आज थप ९ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ७१ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये जिनसिक्विन्सकाे आधारमा २४ जनामा पछिल्लाे भेरियन्ट अाेमिक्राेन रहेकाे मन्त्रालयले पुष्टि भएकाे जनाएकाे छ ।

गत २४ घण्टामा २ सय ६२ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ८ लाख १३ हजार ७ सय ९ पुगेको छ । निको हुनेदर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय २ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १५ र आइसियूमा ८१ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार २८६, संस्थागत आइसोलेशनमा ४५५ र क्वारेन्टिनमा ११३ रहेका छन् । कोभिडबिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ३७१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७४१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाका ग्रामिण भेगमा खानेपानी विस्तार हुँदैः बजेटको अभावमा कतिपय योजना निर्माणमा ढिलाइ
Next post अनुदानले केरा खेतीमा आकार्षण बढ्दोः यस बर्ष २५ लाख बजेट विनियोजन