0 0
Read Time:2 Minute, 56 Second

२७ पौष २०७८/डिकेश लामा

झण्डै ३ दशक अघि देखि निर्माण थालिएको झापाको दमकदेखि इलाम हुँदै पाँचथर जोडिने दमक रवि चिसापानी सडकको पहिलो खण्डको काम लामो समय देखि रोकिएको छ । ३ प्याकेजमा ठेक्का लागेको काम मध्ये पहिलो प्याकेज १ बर्ष अघि नै सक्नु पर्ने भए पनि पछिल्लो समय अलपत्र बनेको छ । झापाको दमक देखि चिसापानी हुँदै रवि जोडिने सडकको पहिलो खण्डको काम अलपत्र बनेको छ । ३ बर्ष अघि देखि थालिएको काम गर्दागर्दै छाडेकाले अलपत्र बनेको हो । समयमा सडक नबनेकाले यात्रुलाई अति सास्ती भएको माङ्सेबुङ्ग गाउँपालिका वडा नं. ५ का दुरेन्द्र आङ्देम्बेले बताउनु भयो । आङदेम्बेका अनुसार पहिलो खण्ड अलपत्र छाडेकाले बर्खामा अति समस्या भएको छ । चपेटी देखि मार्चेबुङ्गसम्मको काम चाँही अलपत्र परेको छ । बाटो धेरै खराब भएकाले हिउँदमा पनि हिड्न मुश्किल पर्ने यात्र्हरुले बताएका छन् ।

भ्याट सहित २२ करोड ५९ लाख रुपँयामा ६ दशमलव २ किलो मिटर बाटो कालोपत्रेका लागि महालक्ष्मी किरातेश्वर जेभीलाई २०७५ असार १९ गते देखि कामको सम्झौता गरी ठेक्का दिइएको थियो । गत बर्षको पुस महिनामै कालोपत्रे सक्नु पर्ने भए पनि काम आधा पनि काम पुरा नगरेकाले अर्कै ठेकदार कम्पनिलाई सम्झौता गरी काम गर्ने तयारी थालिएको भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय सडक डिभिजन दमकका प्रमुख रमेश पौडेलले बताउनु भयो ।
पहिलो प्याकेज बाहेक दोस्रो र तेस्रो प्याकेजको २६ किलो मिटर सडकको काम भने भइरहेको छ । १ अर्व १३ करोड बजेटमा लुम्बिनी जणपती जेभीले लिएको अन्य ठेक्का आगामी बर्षमा सक्ने गरी धमाधम काम भइरहेको सडक सुपरभाइजर गजेन्द्र योङहाङ्गले बताउनु भयो ।

दमक रवि चिसा पानी सडक विक्रम सम्बत् २०५० साल देखि निर्माण थालिएको हो । अति अप्ठ्यारो र जोखिम क्षेत्र मानिएको रतुवा खोला क्षेत्रमा ४ बर्ष अघि देखि ट्रयाक खोलिए पनि अझै सहज गाडी चल्न नसक्ने हुँदा चाँडो सडक बनाउँन स्थानीयले माग गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *