२८ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७५ संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ । देशभर १३ हजार ३६ जनाको नमूना परीक्षण हुँदा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । विगत एक साता देखि संक्रमितकाे संख्या बढ्न थालेकाे हाे । सोही अवधिमा २ सय ७८ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ११ हजार ६ सय ९० पुगेकाे छ ।
यसैगरी आज २ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ९ जना पुगेकाे छ । प्रदेश नम्बर एकमा मात्र २ सय ३३ जनामा पाेजिटिभ देखा परेका छन् भने झापा जिल्लामा ३१ जनामा संक्रमण देखा परेकाे छ ।
