रविकाे अध्यक्षतामा ६८ सदस्यीय नेकपा माओवादी केन्द्र दमक नगर समिति गठन (फाेटाे फिचर सहित)

३० पाैष २०७८,झापा– नेकपा माओवादी केन्द्र दमक नगर समितिको अधिवेशनले कुलबहादुर बस्नेत (रवि) को अध्यक्षतामा ६८ सदस्य समिति गठन गरेको छ ।

समितिकाे उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता सेरेङ सर्वसम्मतिबाट चयन भएका छन् । यस्तै सचिवमा प्राध्यापक घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ रहेका छन् । दमक क्याम्पसमा लामाे समय देखि प्राध्यापन गराउँदै अाउनु भएका प्राध्यापक अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले शुक्रवार विशेष कार्यक्रमबीच नव निर्वाचित समितिको औपचारिक घोषणा गरी सपथ ग्रहण समेत गराइएकाे छ ।

दमकमा रहेकाे पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नवगठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्यहरु कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतम, निवर्तमान नगर सचिव तीर्थराज बस्नेत लगायतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका छन् । समितिको पूर्ण बैठकले अन्य ५ जना सदस्यहरू थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिनु भएकाे छ । नव गठित समितिले नजिकिरहेकाे निर्वाचनमा नतिजा नेकपा माअाेवादी केन्द्रले चाहना गरे अनुसारकाे बनाएर लानेमा सवै एकजुट भएर लाग्नु पर्ने कार्यक्रमका बक्ताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा अाज एक दिन ५०८७ नयाँ संक्रमित थपिए
Next post कुरिलो खेतीमा आकार्षण झापामा बर्षेनी खेती विस्तार बढ्दै (फाेटाे फिचर सहित)