कुरिलो खेतीमा आकार्षण झापामा बर्षेनी खेती विस्तार बढ्दै (फाेटाे फिचर सहित)

३० पौष २०७८/डिकेश लामा

औषधीको रुपमा समेत प्रयोग गरिने कुरिलो खेती झापामा विस्तार हुने क्रम बढेर गएको छ । बजारमा राम्रो मुल्य पाउन थाले पछि किसानको कुरिलो खेती तर्फ आकार्षण बढ्दै गएको हो । अति पोसिलो र धेरै वटा रोगका आयुर्वेदिक औषधीको रुपमा प्रयोग गरिने कुरिलो पछिल्लो समय झापामा व्यवसायिक रुपमा खेती गर्ने किसानहरु बढ्दै गएका छन् । बजार मुल्य समेत राम्रो भएकाले यस बर्ष दमक वडा नं. ९ सेतुमारी कृषि सहकारीले समेत ठूलो क्षेत्रमा कुरिलो खेती विस्तार गरेको खेतीका संयोजक अर्जुन निरौलाले बताउनु भयो ।

पछिल्लाे समय दमक क्षेत्रमा अन्य यूवाहरूले समेत बृहत खेती थालेका छन् । यस बर्ष झापाका अन्य क्षेत्रमा समेत खेती विस्तार गरिएकाे छ । गत बर्ष काेराेना कहरकाे वेला अधिक माग र मुल्य बढे पछि कुरिलाे खेती तर्फ अाकार्षण बढेकाे हाे ।

यस्तै कमल, अर्जुनधारा र कन्काई नगरपालिकाका केही किसानले समेत खेती विस्तार गर्न थालेका छन् । थोरै भूभागमा राम्रो आम्दानी हुने भएकाले खेती थालिएको र बजार समेत धेरै राम्रो रहेकाले व्यवसायिक खेती गर्दै आएको मानसरोवर कृषि सहकारी संस्थाका अध्यक्ष विश्वनाथ बरालले बताउनु भयो । बहुउपयोगी कुरिलोबारे अझै पनि धेरैलाई राम्रो ज्ञान हुन सकेको छैन । राम्रो मुल्य पाउन थाले पछि किसानले पछिल्लो समय व्यवसायिकरुपमा खेती विस्तार गर्दै लगेको दमक वडा नं. ४ मा ७ बर्ष देखि खेती गर्दै आउनु भएका नरबहादुर मगरले बताउनु भयो ।

डाक्टरले क्यान्सर, सुगर र कोरोनाका विरामीलाई कुरिलो खान सल्लाह दिन थाले पछि कुरिलोको बजार मुल्य उच्च बन्दै गएको छ । कुरिलोले राम्रो बजार पाउन थाले पछि पछिल्लो समय किसानहरुको खेती तर्फ आकार्षण बढ्दै गएको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रविकाे अध्यक्षतामा ६८ सदस्यीय नेकपा माओवादी केन्द्र दमक नगर समिति गठन (फाेटाे फिचर सहित)
Next post नेपालमा आज एक दिन ४६३६ नयाँ संक्रमित थपिएः एकै दिन ४ लाख बढीले लगाए खाेप