
२ माघ २०७८, काठमाण्डाैं– नेपालमा तेस्राे लहर शुरू भए यता हरेक दिन संक्रमणकाे संख्या उकालाे लाग्दै गएकाे छ । गत २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ । याे संख्या हिजाे भन्दा अधिक बढेकाे हाे । देशभर १५ हजार १ सय ३१ जनाको नमूना परीक्षण हुँदा ४ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो । विगत ११ दिन देखि संक्रमितकाे संख्या बढ्न थालेकाे हाे । सोही अवधिमा ४ सय ३५ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या २५ हजार ६ सय ८० पुगेकाे छ ।
यसैगरी आज ३ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय २० जना पुगेकाे छ ।
