भारतबाट आयतित फर्मालिन प्रयोग गरेको माछा मानव स्वास्थ्यमा असर गर्ने

२ माघ २०७८/डिकेश लामा
झापाको दक्षिण भारतीय सीमाबाट लुकाइछिपाई ल्याइएको झण्डै २ लाख रुपयाँ मुल्य बराबरको माछा आज नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय दमकको टोलीले गौरादह नगरपालिका वडा नं. ३ मा गाडीमा लोड गरेर ल्याइएको ६ सय ४० केजी १६ काटन माछा खाल्डो खनी पुरेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले बताउनु भयो । मे. १ च. ३६३२ नम्बरको हात्ती गाडीमा लोड गरेर ल्याइएको अन्दाजी १ लाख ९२ हजार मुल्यको माछा स्थानीय सामाजिक अगुवा, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

भारतबाट बरफमा राखेर ल्याइने गरेको माछामा फरमालिन नामक नसड्ने केमिकल लगाएर ल्याइएको हुनाले मानाव स्वास्थ्यमा समेत असर गर्ने भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले जनकारी दिनु भएको छ ।
श्रेष्ठका अनुसार आफूहरुले अनुसन्धान नगरे पनि धेरै दिनसम्म माछा नकुहिनका लागि अन्य विकल्प नभएकाले भारतबाट ५ देखि ७ दिनको बाटो भएर आउने माछामा फरमालिन नलगाइकन आउन नसक्ने भएकाले त्यस्ता माछा मानव स्वास्थ्यका लागि हानिकार हुने बताउनु भयो ।

झापा जिल्ला पछिल्लो समय माछामा आत्मा निर्भर बन्दै गएको छ । जिल्लामा ३ सय १६ हेक्टरमा गरिएको माछा पालनबाट बार्षिक १ हजार १ सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको केन्द्र अन्तर्गत मत्स्य विकास शाखाको तथ्याङ्क रहेको छ ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *