पत्रकार महासंघ झापा लगायत सामाजिक सेवामा सहयोग (फाेटाे फिचर सहित)


३ माघ २०७८/झापा
झापाको शिवसताक्षी ८ मा रहेको पशुपति एकाडेमीले सामाजिक सेवामा महत्व राख्ने क्षेत्रमा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
विधालयको ३२ औं बार्षिक उत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघको उपचारकोषमा ११ हजार नगद सहयोग प्रदान गरेको छ । पत्रकार महासंघका सचीव डिकेश लामाकाे हातमा सहयाेग रकम हस्तान्तरण गरिएकाे कार्यक्रममा उपस्थित हुनु भएका नेपाल पत्रकार महासंघका सदस्य प्रेश क्लव सुरूङाका अध्यक्षा राम निराैलाले जानकारी दिनु भयाे ।
यस्तै इलाका प्रहरी कार्यालय झिल्झिले र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विधालयले झापाको पुरानो ऐतिहासिक धार्मिक स्थल क्षेत्रका जेष्ठ नागरिक ९७ बर्षीय हरि मातालाई नगद, खाद्य सामाग्री र न्यानो कपडाले सम्मान गरिएको विधालयका संस्थापक संचालक चन्द्रप्रसाद खनालले बताउनु भयो ।

यस्तै धाम क्षेत्रमा उदार गरि संरक्षण गरिएको गाई र सो आसपास क्षेत्रका बाँदरलाई फलफुल खुवाउने कार्याक्रम समेत गरिएको कार्याक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताउनु भयो । विधालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको कार्याक्रममा सहयोग पाएका दाताले. विधालयले सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका छन् । निजी विद्यालयले समेत पत्रकार उपचार काेषमा सहयाेग अाउन थालेकाले अन्य दाताहरूबाट समेत सहयाेग गर्नेक्रम चलिरहेकाले १ कराेड काेष पुर्याउने लक्ष्यमा ठूलाे टेवा पुग्ने नेपाल पत्रकार महासंघका झापा शाखाका अध्यक्ष एकराज गिरीले बताउनु भयाे । हाल काेषमा ५१ लाख हाराहारीमा बजेट रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज एक दिन ६७३४ नयाँ संक्रमित थपिएः ३ जनाकाे मृत्यु
Next post नमूना बस्तीमा बहुउदेश्य खेल भवन बनाउन भूमि पूजा